मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

के हो चाउरी, कसरी बच्ने ?

  • प्रकाशित मिति : शनिबार, कार्तिक २७, २०७३



  • प्रायः बुढ्यौली लागेपछि छालामा चाउरी पर्न थाल्छ । तर, कतिपय व्यक्तिको युवावस्थामै पनि चाउरी पर्न थाल्छ । चाउरी परेपछि बाहिरी सौन्दर्यमा ह्रास आउँछ । यसको तनावमा युवा नै बढी हुन्छन् । किनभने युवावस्थामै सौन्दर्य गुमेको स्वीकार्न गाह्रो पर्छ ।

    आखिर के कारणले छाला चाउरी पर्छ ? युवावस्था र बुढ्यौलीमा छाला चाउरिने कारण एउटै हो ? चाउरी नियन्त्रण गर्न के गर्ने ? स्किन प्रोफेसनल पभी गुरुङले सबै जिज्ञासाको जवाफ दिएकी छिन्ः –

    युवाको छाला चाउरिने कारण

    छालाको बाहिरी तहमा हुने डिहाइड्रेड (पानीको भागको कमी)ले युवाको छालामा मसिना धर्काहरू देखिने गर्छ । चिसो हावाले हानेको वेला, चर्को घाममा निस्किएको वेला, अप्राकृतिक तरिकाले छोटो समयमा धेरै तौल घटाउँदा यस्तो समस्या निम्तिने गर्छ ।

    यस्ता धर्का अर्थात् चाउरीका कारण कैयौँ युवा–युवती तनावमा भएको पाइन्छ । तर, यो अवस्थामा तनावभन्दा केही सजगता अपनाए समस्याबाट मुक्ति मिल्छ । –

    समस्याको समाधान गर्ने तरिका

    युवाअवस्थामा देखिएको चाउरी हटाउन छालाको बाहिरी तहमा आवश्यक पानीको मात्रा पूर्ति गर्नु नै उत्तम उपाय हो । यो कुनै जटिल काम पनि होइन । चिसो हावा र चर्को घाम दुवैबाट छालालाई जोगाउनुपर्छ । तौल घटाउँदा प्राकृतिक तरिका अपनाउनुपर्छ ।

    खानामा पनि कन्ट्रोल गर्दै कसरतबाट विस्तारै–विस्तारै घटाउनुपर्छ । छालामा पानीको ब्यालेन्स मिलाउन विशेष ट्रिटमेन्ट गर्न सकिन्छ । तातोपानी तथा साबुनपानीले मुख धुनु हुँदैन । फेसवास गर्न सकिन्छ तर धेरै नगर्ने । क्लिन्जिङ या डिप क्लिन्जिङ गर्ने ।

    छालामा मोस्चराइजर लगाउने गर्नुपर्छ । छालाको भित्री भागसम्म हाइड्रेड र कोलाजिन कन्ट्रोल गर्ने अल्ट्रासाउन्ड मेसिन प्रयोग गर्न पनि सकिन्छ ।

    बुढ्यौली छाला चाउरिने कारण बुढ्यौलीमा चाउरी पर्ने कारण छालामा पानीको भाग कम भएर होइन । कोलाजिन र इलास्टिसिटीले बनेको छालाभित्रको रेड्युकल्ली लेयरमा समस्या भएपछि चाउरी पर्छ । कोलाजिन र इलास्टिसिटी नै मर्दै गएपछि चाल्नोजस्तो रेड्युकल्ली लेयर लुज हुँदै गएर छाला झोलिएर चाउरी पर्ने गर्छ ।

    रेड्युकल्ली लेयरमा समस्या देखिएपछि बाहिर चाउरी नदेखिँदै छाला झोलिएको महसुस हुन्छ । यस अवस्थामै ट्रिटमेन्ट गर्नु सबैभन्दा उत्तम हुन्छ ।

    समस्याको समाधान गर्ने तरिका

    बुढ्यौलीको चाउरीको उपचारका लागि कोलाजिन र इलास्टिसिटीलाई नै कन्ट्रोलमा राख्नुपर्छ । यसका लागि कोलाजिन सिरोम, कोलाजिन टोनर र मोस्चराइजरलगायत प्रोडक्ट पाइन्छन् । एनएमएफ (नेचुरल मोस्चराइजर फ्याक्टर) पनि प्रयोग गर्न सकिन्छ ।

    यस्तै स्किन टोनिक प्रयोग गर्न सकिन्छ । अनुहारको मसाज गर्न सकिन्छ । हप्ताको एक–दुई पटक डिप क्लिजिङ गर्दा पनि फाइदा गर्छ । धेरै भने गर्नु हु“दैन । हप्ताको एक–दुईपटक कोलाजिन प्याक लगाउन पनि सकिन्छ ।

    चाउरीको समस्या भोगिरहेको व्यक्तिले स्टिम बाथ लिनु हुँदैन । धेरै तातो र चिसो वातावरणबाट जोगिनु पर्छ । साबुनको प्रयोग बन्द गर्नुपर्छ ।

    के हो चाउरी ?

    छालामा धर्सा देखा पर्नु या झोलिनुलाई चाउरी पर्नु भनिन्छ । युवाअवस्था र बुढ्यौलीमा आउने दुई प्रकारका चाउरी हुन्छन् । युवाअवस्थामा मसिना धर्काहरू देखिन्छन् भने बुढ्यौलीमा मोटा धर्साहरू देखिने तथा छाला झोलिने हुन्छ । यी दुई उमेरअवस्थामा छाला चाउरिने कारण पनि फरक–फरक हुन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij