शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

बाढी र पहिरोबाट प्युठानमा मर्नेको संख्या ३६ पुग्यो

  • प्रकाशित मिति : बिहिबार, साउन १३, २०७३



  • प्युठान,१३ साउन— प्युठानमा गत सोमवारदेखि गएको बाढी र पहिरोमा परि मृत्यु हुनेको सख्या ३६ पुगेको छ ।  ६ गाविसमा गरी सो संख्यामा मृत्यु भएको हो ।

    सवैभन्दा बढी फोप्लीका सर्वसाधरणले ज्यान गुमाएका छन् । फोप्लीमा एकै गाउँका २४ जनाले ज्यान गुमाएको उद्दारमा खटिएका प्रहरी निरिक्षक निरे बोहोराले बताउनुभयो ।

    पहिरोबाट गाउँका झण्डै २ सय घरपरिवार विस्थापित भएका छन् ।  पहिरो पीडितहरु स्थानीय नेरा प्रावि खैरापुकको प्रांगणमा आश्रय लिएर बस्न बाध्य भएको स्थानीयले गुनासो गरेका छन् ।

    पहिरो जाने क्रम अझै नरोकिएको गाविस सामाजिक परिचालक यूवराज भण्डारीले बताउनुभयो । यस्तै, पहिरोमा पुरिएर दुर्गम गाविस अर्खामा ३, माझकोटमा ३, खवाङमा–३, पूजामा २ र लुङमा १ जनाको ज्यान गएको प्रमुख जिल्ला अधिकारी जनकरा पन्तले बताउनुभयो ।

    पहिरोले पुरिएर नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरी बहादुर केसीको समेत ज्यान गएको छ । पहिरोमा पुरिएर ६ जना बेपत्ता भएका छन् । फोप्ली–३ मा २ जना, लुङमा ३ र खवाङमा १ जनना बेपत्ता भएका छन् । बेपत्ताहरुको खोजीकार्य भईरहेको प्रहरी प्रमुख डिएसपी रंजितसिाह राठौरले जानकारी दिनुभयो  ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij