शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

जिल्लामा राहदानी बनाउनेको सङ्ख्या घट्दै

  • प्रकाशित मिति : बुधबार, भदौ १, २०७३



  • पाल्पा– जिल्लामा राहदानी बनाउनेको सङ्ख्या बर्सेनि घट्दै गएको छ ।

    युवाले स्वदेशमै पेसा, व्यवसाय गर्नथालेपछि राहदानी बनाउनेको सङ्ख्यामा कमी आएको हो । आव २०७१/७२ मा सात हजार ७८४ राहदानी तथा आव २०७२/७३ मा छ हजार २६६ राहदानी वितरण गरेको प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले जानकारी दिए ।

    आव २०७१÷७२ मा साधारण सिफारिसतर्फ छ हजार ८९, दू्रत सिफारिसतर्फ दुई हजार ३१ राहदानी वितरण गरिएकोमा आव २०७२/७३ मा साधारण सिफारिसतर्फ सातहजार ३०३ र दू्रत सिफारिसतर्फ चारहजार ३८० राहदानी सिफारिस गरेको हो । जिल्लामा पशुपालन, तरकारीखेती, कुखुरापालन, च्याउखेती लगायतमा युवाको आकर्षण बढ्न थालेपछि विदेशप्रतिको मोह घटेको बताइएको छ ।

    बैंक तथा वित्तीय कारोबारका लागि खुलेका सहकारीबाट ऋण लिएर विभिन्न उत्पादनमुखी काम गर्न थालेपछि यहाँका युवाले रोजगारीका लागि विदेश ताक्न छाडेका छन् । साउदीबाट फर्केर गाईपालन थालेका गणेश न्यौपानेलाई अब विदेश जाने रहर छैन । उनीजस्ता सयौं युवा स्वदेशमा नै व्यवसाय सञ्चालन गर्न थालेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij