शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

बालबालिका संरक्षण भयन आयोग

  • प्रकाशित मिति : बुधबार, भदौ १, २०७३



  • काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता मोहना अन्सारीले राज्यका संयन्त्रले बालअधिकार संरक्षणको अनुभूति दिन नसकेको बताउनुभएको छ ।

    बालबालिका शान्ति राष्ट्रिय अभियान (सिजप) ले यहाँ आज आयोजना गरेको बालअधिकारसम्बन्धी विश्वव्यापी आवधिक प्रतिवेदनका सिफारिस र बालअधिकार महासन्धिसम्बन्धी संयुक्त राष्ट्रसङ्घका सुझावसम्बन्धी दुईदिने परामर्श कार्यशालामा प्रवक्ता अन्सारीले धार्मिक, राजनीतिक र अन्य नाममा बालबालिकाको प्रयोग भइआएको गुनासो गर्नुभयो ।

    आयोगको अनुगमनका क्रममा कतिपय जिल्लामा वर्षमा १६० दिनसम्म विद्यालय बन्द भएको र राजनीतिक दलको नियन्त्रणमा विद्यालय चल्ने गरेको पाइएको जनाउँदै यस्ता गतिविधिले बालअधिकारको भविष्य सुनिश्चित गर्न नसक्ने विचार व्यक्त गर्नुभयो ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव रमेश ढकालले आवधिक प्रतिवेदनमा मानवअधिकारका क्षेत्रमा दिइएका सुझावका आधारमा सम्बन्धित मन्त्रालयबाट कार्ययोजनाको मस्यौदा तयार भइरहेको जानकारी दिनुभयो ।

    सिजपका अध्यक्ष कृष्ण सुवेदीले बालअधिकार महासन्धिको पक्ष राष्ट्र भएकाले त्यसको पालनामा सरकारी संयन्त्रलाई नागरिक समाजले खबरदारी र सहयोग गर्ने बताउनुभयो ।

    सेभ द चिल्ड्रेनका निर्देशक डिल्ली गुरागाईंले सरकारले अन्तर्राष्ट्रिय मञ्च र राष्ट्र सङ्घीय मञ्चमा गरेका प्रतिवद्धता र राष्ट्रसङ्घका सम्बन्धित संयन्त्रबाट आएका सिफारिसको इमान्दार पालनामा वकालत गर्न आग्रह गर्नुभयो ।

    गत नोभेम्बरमा राष्ट्र सङ्घीय मानव अधिकार परिषद्बाट विश्वव्यापी आवधिक प्रतिवेदन अनुमोदन भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij