प्रकाशित मिति : शुक्रबार, भदौ ३, २०७३
काठमाडौँ – काठमाडौँ उपत्यकाको ऐतिहासिक नगरी कीर्तिपुरमा पनि आज गाईजात्रा पर्व मनाइएको छ ।

देवढोकामा रहेको गणेश मन्दिरअगाडि स्थानीय नौजना नर्तकलाई विभिन्न मुखुन्डो प्रदान गरेपछि विधिवत् रुपमा गाईजात्रा मनाइएको हो।
वर्ष दिनभरमा स्थानीय घरमा मरेका मानिसको स्मरणमा प्रत्येक वर्ष जनैपूर्णिमाको भोलिपल्ट सुरु हुने गाईजात्रा त्यहाँ विशेष किसिमले मनाइन्छ ।
मरेका मानिसका आफन्तले मृतात्माको चिरशान्तिको कामना गर्दै स्थानीय देवढोकाबाट गाईजात्रा निकाल्ने र स्थानीय टोल तथा नगरमा परिक्रमा गराइन्छ । सम्बन्धित घरबाट गाईका साथै स–साना बालकलाई विभिन्नरुपमा शृङ्गार गरी नगर परिक्रमा गराइन्छ । विभिन्न टोल टोलमा ती बालबालिकालाई फलफूल तथा मिष्ठान्न र खानेकुरा दिने चलन रहेको छ ।
यता, भक्तपुरमा पनि आजै गाइजात्रा पर्व मनाइएको छ । यहाँ भने नौ दिनसम्म गाइजात्रा मनाउने गरिन्छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij