आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपाली सेना दिवसमा बेलायती प्रधानसेनापति प्रमुख अतिथि

  • प्रकाशित मिति : आइतवार, माघ ५, २०७६



  • काठमाडौँ । बेलायती सेनाका प्रधानसेनापति सर मार्क कार्लटन स्मिथ नेपाली सेनाको यस वर्षको सेना दिवसमा प्रमुख अतिथि हुने भएका छन्। नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापाको निमन्त्रणलाई स्वीकार गर्दै बेलायती सेनापतिको नेपाल भ्रमण हुने भएको हो।

    बेलायती सेनाले यो भ्रमणको कार्यक्रम स्वीकृत गरिसकेको छ। आगामी फागुन नौ गते शिवरात्रिमा सेनाले सेना दिवस मनाउँदै छ। नेपाली सेना र बेलायती सेनाकाबीचमा विगत केही वर्षहरुमा देखिएको उतारचढावपूर्ण सम्बन्ध सुधार भएको संकेतका रुपमा यो भ्रमण तय भएको हो।

    ‘बेयायती सेना प्रमुखले यही फागुन ३ देखि १० गतेसम्म नेपाल भ्रमण गर्ने तय भएको छ, तर उहाँ सेना दिवसमा प्रमुख अतिथि बन्नकै लागि आउन लाग्नु भएको भने होइन,’ सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले डिसी नेपालसँग भने।

    नेपाली सेनाका कर्नेल कुमार लामालाई अनौपचारिक बेलायत भ्रमणका क्रममा अकस्मात पक्राउ गरी मानव अधिकार हनन्को मुद्दा चलाएर बेलायतले बन्दी बनाएपछि नेपाली सेना र बेलायतबीचको सम्बन्धमा धरार उत्पन्न भएको थियो।

    नेपाली सेना र बेलायती सेनाकाबीचमा विगत केही वर्षहरुमा देखिएको उतारचढावपूर्ण सम्बन्ध सुधार भएको संकेतका रुपमा यो भ्रमण तय भएको हो।

    त्यसपछि २०७२ सालमा गएको महाभूकम्पका क्रममा दुई देश र दुई सेनाबीचको तिक्ततामा अझ बृद्धि भयो। उद्धार र राहतका लागि पठाइएका बेलायती सेनाका जहाजलाई नेपाल प्रवेश अनुमति दिइएको थिएन।

    यसरी अप्रत्यासित रुपमा बिग्रिँदै गएको सम्बन्धमा पछिल्ला दिनहरुमा दुवै देशका सेनाले सुधारको प्रयास गर्दै आएका थिए। यही प्रयासको उच्चतम रुप बेलायती सेना प्रमुखको नेपाल भ्रमण हो।

    बंगलादेशका सेनापति नेपाल आउँदै

    बंगगादेशका सेनापति जनरल अजिज अहमद यसै महिना नेपाल भ्रमणमा आउने भएका छन्। नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापाको जनवरी १२–१५ सम्म भएको बंगलादेश भ्रमणका क्रममा त्यहाँका सेनापति अजिजको भ्रमण तय भएको हो।

    बंगलादेशका सेनापति जनर अजिजले माघ २४ देखि २८ सम्म नेपाल भ्रमण गर्ने तय भएको नेपाली सेनाले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij