सोमवार, भदौ १, २०८३ | Monday 17th August 2026

पुर्ब युवराज पारसको खर्च कसरी चलेको छ???

  • प्रकाशित मिति : सोमवार, माघ १३, २०७६



  • काठमाडौं । २०५८ सालको जेठ १९ गते नेपालमा एउटा भयानक घटना भयो । त्यो पनि राजदरबारमा । त्यो घटना राजदरबार हत्याकाण्डका नाममा चर्चित बन्न पुग्यो । त्यो हत्याकाण्ड कसले कसरी गर्यो भन्ने अहिलेसम्म रहस्यको गर्भमै छ ।

    यद्यपी त्यस विषयमा विभिन्न जोड र काणबाट विभिन्न अड्कलबाजी हुने गर्दछन् । जे भए पनि त्यस हत्याकाण्डले राजा वीरेन्द्रको वंश नाश हुन पुग्यो । कतिपयको विश्लेषणमा नेपालको राजसंस्था हट्ने जग पनि त्यहीबाटै शुरु भयो । जे होस् आफ्नो एक दाजु र एक भाई उक्त घटनामा दिवंगत हुन पुगेपनि राजा वीरेन्द्रका भाई र अधिराजकुमार धीरेन्द्रका दाई अधिराजकुमार ज्ञानेन्द्र बाच्न सफल भए ।

    पछि तिनै अधिराजकुमार ज्ञानेन्द्र राजा पनि भए ।संवैधानिक राजाबाट देशको राजपाठ ‘कू’ गरी आफ्नै हातमा लिएर प्रत्यक्ष शासन गरे । त्यसपछि राजतन्त्र समाप्त नै भयो । जसको श्रेय उनै ज्ञानेन्द्रलाई दिइन्छ । अहिले उनै ज्ञानेन्द्र देशाटन गरिरहेका छन् ।

    करिब–करिब दुई तिहाइको सत्ता चलाइरहेको सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहा ‘प्रचण्ड’ पनि बेलाबेला पूर्वराजा ज्ञानेन्द्र र उनका समर्थकबाट झस्किएका छन् । र, मरेको वायुलाई काँचो देख्दै प्रतिक्रान्तिबाट राजतन्त्र फर्किन्छ कि भन्ने तहसम्म पुग्छन् । र, त्यसविरुद्ध बेलाबखत जेहाद छेडछन् ।

    यो अर्कै कुरा हो । तर, प्रसंग के हो भने उनै पूर्वराजा ज्ञानेन्द्रका एक्ला छोरा पारस शाहलाई बाबुआमा र श्रीमती बस्ने निर्मल निवासमा ‘ईन्ट्रि’ छैन । विभिन्न प्रकरणले चर्चामा छाइरहने पारस पछिल्लो पटक यू ट्यूवर युवती सोनिका रोकायासँगको हिमचिमले चर्चामा छन् ।

    बाबुआमा र आफ्नो श्रीमती र छोराछोरी बस्ने निर्मल निवास छिर्न ईजाजत (अनुमति) नपाएका पारस त्यसदेखि अलिकति टाढा विशालनगर चण्डोलस्थित एउटा हाउजिङमा फ्ल्याटमा बस्छन् ।पूर्वयुवराज पारसको खर्च कसरी चलेको होला त भन्ने प्रसंगमा उनलाई भरथेग गर्ने राजदरबार हत्याकाण्डमा दिवंगत हुन पुगेका अधिराजकुमार धीरेन्द्रका छोरीहरुले गर्दै आएको बताइन्छ ।

    धीरेन्द्रकै स्वामित्वमा रहेको धुम्बाराहीस्थित क्लब कुण्डलिनी र सासा ब्याङ्क्वेट पार्टी प्यालेसको आम्दानी धीरेन्द्रका तीन छोरीहरुले बराबरी भाग लगाएर लिने गरेका छन् । कुण्डलिनीको व्यवस्थापन एउटा ज्वाइ डा. राजीव शाहीले हेर्छन् भने अर्का ज्वाइ आदर्श राणाले ब्याङ्क्वेटको व्यवस्थापन हेर्दै आएका छन् ।उता लामो समय विवादमा रहेको धीरेन्द्रको निवास जीवनकुञ्जमा नेपालमा अहिलेसम्म नभएको शैलीको विशाल भवन बन्ने क्रममा छ ।

    पूर्वराजपरिवारको नामको जायजेथा नेपाल ट्रस्टमा आएपनि कानुनी आधार बनाउदा बचेको धीरेन्द्रको निवास जीवनकुञ्ज कुनैबेला नेपाली कामदारलाई कोरिया पठाउने मुनड्रप्स मेनपावरका सञ्चालक पुकारनरसिंह राणाहरुले ३५ वर्षका लागि भाडामा लिएर १९ तले विशाल भवन बनाउनेगरी शुरु भएको छ ।

    ५ वर्षअघि नै काठमाडौं महानगरपालिकाबाट नक्सापास गराई सकिएको अण्डरग्राउण्ड पार्कङिसहितको आधुनिक सुविधासम्पन्न होटल निर्माण भइरहेको छ भने त्यससँगै विशाल सपङकम्प्लेक्स बन्दैछ । यसको आम्दानी पनि धीरेन्द्रका तीन छोरीहरुले बराबरी हिस्सामा लिने समझदारी बनेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij