प्रकाशित मिति : शनिबार, बैशाख ६, २०७७
बिनिता शर्मा, बरेवा रुपन्देही । मायादेवि गाउँ पालिका रुपन्देहीले विदेशबाट आई मायादेवि गाउपालिका(८ स्थित शैक्षिक तालिम केन्द्र बसजिलवा)को क्वारेन्टाइनमा बसेका १३ जनालाइ हालै विदाई गरेको छ ।मायादेवि गाउपालिका वडा नम्बर ४,५ र ६ का १३ जनालाई गाउपालिका अध्यक्ष ध्रुव नारायण चौधरीले घर घरमा पुर्याएको बताउनुभयो ।१५ दिन क्वारेन्टाइनमा बसेपछि थप एक हप्ता घर मै क्वारेन्टाइनमा बस्न आग्रह गर्दै विदा गरिएको गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद ढुंगानाले जानकारी दिनुभयो। अहिलेसम्म क्वारेन्टाइनमा ३७ जना पुगेको उहाँले बताउनुँभयो। यो क्वारेन्टाइन भएको स्थानमा सिद्दार्थ नगर नगरपालिका मायादेवी गाउँपालिकाको एउटै ठाउँमा बनाईएको उहाँले बताउँनुभयो, सिद्दार्थनगरका ३१ र मायादेवीका ६ जना गरि जम्मा ३७ पुगेको अध्यक्ष चौधरीले जानकारी दिनुभयो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij