आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मृतकको परिवारलाई नौ लाख सहयोग

  • प्रकाशित मिति : बिहिबार, मंसिर २३, २०७३



  • स्याङ्जा  । रोजगारीको सिलसिलामा जापानमा ज्यान गुमाएका युवकको परिवारलाई स्याङ्जा सहयोग समाज जापानले आर्थिक सहयोग गरेको छ । संस्थाले स्याङ्जाको अर्जुनचौपारी–९ केवरेका दीपक केसीकी आमा कौशिला केसीलाई बुधबार रु आठ लाख ९० हजार सहयोग गरेको हो ।

    “रोजगारीका लागि केसी जापान पुग्नुभएको ६ महिनामै निधन भएपछि हामी स्याङ्जावासीलाई दुःखी बनायो”, स्याङ्जा जापान सहयोग समाजका उपाध्यक्ष सागरमणि भण्डारीले भने।

    “विशेषगरी स्याङ्जाबाट रोजगारीको सिलसिलामा जापानमा रहेका सहयोगी मनसँग समाजको अगुवाइमा रकम सङ्कलन अभियान सञ्चालन गरेका हौँ,” उनले भने । २७ वर्षीय केसीको जापान गएको ६ महिनामै गएको असोजमा हृदयाघातका कारण निधन भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij