प्रकाशित मिति : बिहिबार, साउन १३, २०७३
बर्दिया । गाँउपालिका,नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमा निर्धारण आयोगले बर्दिया जिल्लाको स्थानिय संरचनालाई पााचवटा मात्र गर्नै निर्णैय प्रती नेपालि कााग्रेस बर्दियाले आपत्ति जनाएको छ ।
अयोगले गरेको अवैज्ञानिक निर्णयलाई पुर्नरविचार समेत गर्न माग गरेको छ । नेपाली कााग्रेस जिल्ला कार्यसमिती बर्दियाका सचिव मक्कुराम थारुले विहीवार पत्रकार सममेलन गरी नेपालि कााग्रेस बर्दिया यस्तो निर्णयको बिरोधमा रहेको जानकारी गराएका हुन् ।
बर्दिया जिल्लाको कुल जनसंख्या ४ लाख २६ हजार ५सय ७६ रहेको र यस जिल्ला भौगोलिक बिकटताका कारण समेत ५ वटा मात्र स्थानिय तहले जनताको काम सहज हुन नसक्ने पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।
आयोगको यस्तो निर्णयले बिकाशमा महत्तवपूर्ण भुमिका खेल्दैआएका बाासगढी,सानोश्री,बवई,राजापुर तथा सदरमुकाम स्थित रहेको गुलरिया नगरपालिकाको स्थानिय बिकाशमा बाधा पुऱ्याउने वताईएको छ ।
जनसंख्यामा कंचनपुर भन्दा बर्दिया २४ हजारलेमात्र कमहुादा कंचनपुरलाई ८ वटा संरचनामा बिभाजन गरेका कारण पनि आयोगले बर्दिया
जिल्लालाई विभेद गरेको नेपाली कााग्रेस जिल्ला कार्यसमिती बर्दियाका केन्द्रिय प्रतिनिधी बिद्या प्रसाद खनालले वताए ।
भौगोलिक रुपमा तीन भागमा बिभाजित रहेको जिल्लालाई कुनैहालतमा पनि ५ वटा स्थानिय संरचना मान्य नहुने खनालले वताएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij