प्रकाशित मिति : बुधबार, जेष्ठ १४, २०७७
कमिरेचौर, १४ जेठ । दाङको बंगलाचुली गाउँपालिकामा बैशाख ३० गते यता झण्डै एक हजार जना भित्रिएका छन् । गाँउपालिकाको ८ वटै वडाका ९ सय ३८ जना नागरिकहरु बंगलाचुली आईपुगेको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर ओलीले जानकारी दिनु भयो ।
भारतबाट फर्केका सबैलाई गाउँपालिकामा रहेको स्कुलहरुमा राखिएको अध्यक्ष ओलीले जानकारी दिनु भयो । अध्यक्ष ओलीका अनुसार उनिहरु सबै मजदुरीका लागि भारतको विभिन्न ठाउँमा बसोबास गर्दै आएका थिए ।लामो समय लकडाउन भएपछि वेरोजगार भएर भारतमा अलपत्र परेका नागरिकहरु आफ्नो गाउँ फर्किएका हुन् ।
बंगलाचुली गाउँपालिकाले भारतबाट घर फर्कन चाहाने आफ्ना नागरिकहरुलाई नेपाल भारत नाका बाट सम्वन्धित वडा सम्म निशुल्क ल्याउने व्यवस्था गरेको छ । यसैविच बंगलाचुली गाउँपालिकामा १ सय ३८ जनाको स्वाव संकलन गरिएको छ ।
बुधबार बंगलाचुली गाउँपालिका वडा नं.३ र ४ का अध्यक्ष ,एक जना वडा सदस्य र एक जना पत्रकारको स्वाव संकलन गरिएको छ । साथै भरतबाट आई महेन्द्र मा.वी. श्रीवारी भवनको क्वारेन्टाईनमा बसेका १ सय १६ जनाको स्वाव संगलन गरीएको बंगलाचुली गाउँपालिका स्वास्थ्य शाखा संयोजक भक्त बहादुर जिसिले जानकारी दिनु भयो ।

बंगलाचुली गाउँपालिका स्वास्थ्य शाखा सह संयोजक ईन्द्र घर्तीको व्यवस्थापन तथा वरिष्ठ ल्याव असिस्टेन्ट हरि प्रसाद घर्ती,ल्याव टेक्निसिएन प्रतिक शर्मा,डिला घर्ती लगाएतको प्राविधिक टिमले स्वाँब संकलन गरेको थियो ।
यसअघि बंगलाचुली गाउँपालिका वडा नं.८ को जनकल्याण प्रा.वी हंसपुरमा बसेका १७ जना , ४ को झुलिडाँडामा बसेका १७ जना र वडा नं. १ को महेन्द्र मा.वी .स्यूजामा ३० जनाको स्वाँव संकलन गरिएको जि.सीले जानकारी दिनु भयो । स्वास्थ्य संयोजक जी.सीका अनुसार बंगलुचली गाउँपालिकामा २९ जनाको आरडीटि पनि गरिएको छ । उनिहरु सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र प्रदेशका अन्य पीसीआर जाँच सेवा उपलब्ध भएका अस्पत्तालहरु संग समन्वय गरी जति सक्दो छिटो अन्य वडाहरुका क्वारेन्टाईनमा बसेकाहरुको स्वाँब संकलन प्रकृया अगाडी बढाईने स्वास्थ्य संयोजक भक्त बहादुर जि.सीले जानकरी दिनु भयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij