शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

जहाँ आकाश हेरेर यात्रा तय हुन्छ सदरमुकाम आउने र जाने योजना

  • प्रकाशित मिति : आइतवार, भदौ ५, २०७३



  • जाजरकोट – आज आकाशमा बादल छ या छैन भनेर हेर्दै रिसाङ्ग, दारपाखा, बाहुनथाना, पोखरा नेटा लगाएतका दर्जन गाउँका स्थानियहरु सदरमुकाम आउने जाने गदछन् ।

    सदरमुकाम संगै जोडिएको भेरीमालिका नगरपालिका–२ मा रहेको दार खोला, झ्याली खेत खोला र कोट खोलामा पुल नबन्दा यहाँका स्थानीयहरु आकाश हेरेर यात्रा गर्न वाध्य भएको स्थानीय पार्वती केसीले बताउँछिन् ।

    सबैभन्दा बढी मारमा दैनिक सदरमुकाममा रहेको विद्यालयमा पढ्न आउने विद्यार्थीहरु परेका छन् । पुलको अभावमा त्रिभुवन उच्च माध्यमिक विद्यालय खलंगा, त्रिभुवन निम्न माध्यमिक विद्यालय रिसाङ्ग र विष्णु प्राथमिक दारनेटाका विद्यार्थी विद्यालय सयौ विद्यार्थीहरु आकाश हेरेर यात्रा गर्न वाध्य भएको केसीले बताइन् ।

    विद्यार्थीहरु मात्र होईन वर्षायाममा रिसाङ्ग, दार, बाहुनथाना, पोखरा नेटा पुरानो रिसाङ्ग, दारागाउ, तातोपानी, नेटा, कल्याणपुर, रोट, झ्यालीखेत , का स्थानियहरु सास्ती भोग्दै आएका छन् । वर्षायाममा मात्र खोला तर्न नसक्ने अवस्थामा पुग्ने यी खोलामा पुल निर्माण भएको भए ढुक्क साथ यात्रामा सहजता आउने स्थानीयको भनाई छ ।

    जिल्लाका टालेगाउ, डाडाँगाउ, रामीडाडा, रोकायगाउ , ढिमे, पैक, अर्छानी, र नायकबाडा गाविसका बासिन्दालाई सदरमुकाम आउन समस्या पार्ने गरेको ढिमे–१ का कालीप्रसाद थापाले बताए।

    यो ठाउँमा वाटो वर्षायाममा भत्किएका कारण यातायात सेवा पूर्ण रुपमा ठप्प भएको छ भने खच्चडहरु पानीको मात्रा कम भएको दिनमा मात्र आवतजावत गर्न सक्ने नायकवाडाका प्रेमविक्रम शाहीले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij