शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

बँदेल धपाउन सल्यानबासी रातभर जागाराम

  • प्रकाशित मिति : आइतवार, भदौ ५, २०७३



  • बँदेल धपाउन सल्यानबासी रातभर जागाराम बस्ने गरेका छन् । सल्यानको उत्तरी पश्चिमी क्षेत्रको मुलखोला, देवस्थल र घाँजरीपिपलका केहि वडाहरुमा अघिल्लो वर्ष झै यसपाली पनि बँदेलले वर्षे बालीमा नोक्सानी गरेको गर्न थाले पछि जागाराम बस्न थालेका हुन् ।

    विगत ३ वर्ष देखि लागातार मुलखोलाको वडा ४ र ५, देवस्थलको वडा २ , ४, ५ र ८ मा वँदेल पाखाबारीमा लगाएको मकै, बदाम, अदुवा, वेसार, पिडालुँ, तरुल लगाएतका बाली सखाप पारेको छ । ती बँदेल धपाउन वर्षायाममा पनि त्यहाँका स्थानीयहरु रातभर जागाराम वस्ने गरेका हुन् ।

    रातभर थाली, मादल र सिटि वजाएर, खेतबारीमा आगोबालेर स्थानीयले बँदेल धपाउदा धपाउँदै समेत आएर बालीनाली खाने गरेको मुलखोला ५ का महेन्द्र वुढाले वताए । बँदेलले पाक्दै गरेको मकैबालीमा सवै भन्दा वढि क्षेती गर्ने गरेको छ ।

    ३ वर्ष देखि यता वर्षे वाली र हिउँदे बाली बँदेलले खाएर दुख दिन गरेको गाउँलेहरु वताउँछन् । मुरीका मुरी घर घरमा उत्पादन हुने मकै विगत ३ वर्ष देखि खान र वेच्न नपाउदा यी ३ गाविसका स्थानीय समस्यामा परेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij