आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सुदूरपश्चिममा थप ६९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३,८७१ पुग्यो

  • प्रकाशित मिति : बुधबार, असार २४, २०७७



  • कैलाली, असार २४ । सुदूरपश्चिम प्रदेशमा थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, धनगढीस्थित प्रयोगशाला र डडेल्धुरास्थित प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा बुधबार थप ६९ जनामा संक्रमण पुष्टि भएको हो ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका १९, अछामका १७, डोटीका आठ, कञ्चनपुरका सात, बझाङका चार, बैतडीका दुई र दार्चुलाका एकजनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

    यस्तै, डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा डडेल्धुराकै दुईजनामा संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो ।

    यता, धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमका थप नौजनामा कोरोना पुष्टि भएको छ ।

    आठ पुरुष र एक महिला गरी थप नौजनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    उहाँकाअनुसार डोटीका चारजना र कञ्चनपुरका पाँचजनामा संक्रमण देखिएको हो ।

    योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार ८७१ पुगेको मन्त्रालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij