आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कोरोना विरुद्धको खोप २०२१ सम्म पनि नबन्ने डब्लुएचओको ठोकुवा

  • प्रकाशित मिति : बिहिबार, साउन ८, २०७७



  • काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोेभिड १९ विरुद्धको खोप सन् २०२१ सम्म पनि नबन्ने ठोकुवा गरेको छ ।

    डब्लुएचओका कार्यकारी निर्देशक माइक रेयानले कोरोना भाइरसका लागि खोपहरु बनाउन विश्व जगतका बैज्ञानिकहरु लागिपरे तापनि आगामी बर्ष सम्म तयार नहुने जनाउनु भएको हो ।

    साथै उहाँले खोपको अनुसन्धानमा जुटेका बैज्ञानिकहरुलाई खोपको जरुरी रहेतापनि हतार नगरि प्रभावकारी सावित हुने खोप बनाउन सुझाव दिनुभएको छ ।

    हतारमा बनाइएको खोप प्रभावकारी नभएको खण्डमा फेरी समय लाग्ने हुनाले प्रभावकारी खोप बनाृउन उहाँले बैज्ञानिकहरुलाई सुझाव दिनुभएको हो ।

    विश्वका बैज्ञानिकहरुले हाल २३ प्रकारका खोप तयार पारी प्रयोगमा ल्याइसकेका छन् भने जुन परिक्षणका क्रममा नै रहेको छ ।

    विश्वमा कोरोना भाइरस संक्रमितको संख्या १ करोड ५३ लाख ७१ हजार बढी रहेको छ भने मृतकको संख्या ६ लाख ३० हजार नाघेको छ ।

    अमेरिकामा मात्रै १ लाख ४६ हजार बढीको मृत्यु भइसकेको छ जहाँ संक्रमितको संख्या ४१ लाख नाघेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij