आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विश्वमा कोरोना : २ करोड ५३ लाख संक्रमित, ८ लाख ४८ हजारको मृत्यु

  • प्रकाशित मिति : सोमवार, भदौ १५, २०७७



  • काठमाडौं। विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड ५३ लाख २२ हजार ३०० पुगेको छ। ती मध्ये १ करोड ७६ लाख ४० हजार ७८ जना उपचारपछि निको भएका छन् भने हालसम्म ८ लाख ४८ हजार ९८९ जनाको मृत्यु भएको छ।

    अहिले ६८ लाख ३३ हजार २३३ संक्रमितको उपचार भइरहेको छ। ती मध्ये १ प्रतिशत अर्थात ६१ हजार ३२५ विमारीको अवस्था गम्भीर रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। बाँकी ९९ प्रतिशत विमारीमा कोरोना संक्रमणको सामान्य लक्षणमात्रै देखिएको छ।

    सामान्य लक्षण देखिनेको संख्या ६७ लाख ७१ हजार ९०८ रहेको छ। विश्वमा सबैभन्दा धेरै १६ हजार २१ विमारी अमेरिकाका हुन् जो भ्यान्टिलेटरमा छन्। भारतमा त्यस्ता विमारीको संख्या करिव ९ हजार छ।

    सबैभन्दा धेरै संक्रमित हुने मुलुकमा पहिलो नम्बरमा रहेको अमेरिकामा हालसम्म ६१ लाख ६२ हजार २९० संक्रमित छन् अमेरिकामा १ लाख ८७ हजार संक्रमितको मृत्यु भएको छ भने ३४ लाख १५ हजार ९३२ जना उपचारपछि निको भएका छन्।

    यसैगरी ब्राजीलमा ३८ लाख ४७ हजार ७३९ जना संक्रमित भएका छन् भने १ लाख २० हजार ५४६ जनाको मृत्यु भएको छ। त्यहाँ ३० लाख ६ हजार ८ सय १२ जना उपचारपछि निको भएका छन्।

    यसैगरी भारतमा ३६ लाख १९ हजार १६९ जना संक्रमित भएका छन् भने भारतमा मृत्यु हुनेको संख्या ६४ हजार ६१७ पुगेको छ। त्यहाँ २७ लाख ७२ हजार ९२८ जना उपचारपछि निको भएका छन्।

    रुसमा ९ लाख ९० हजार ३२६ जना संक्रमित भएका छन् भने १७ हजार ९३ जनाको मृत्यु भएको छ। त्यहाँ ८ लाख ६ हजार ९८२ जना उपचारपछि निको भएका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij