आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चिनियाँको उच्च अधिकारी नेपालमा

  • प्रकाशित मिति : आइतवार, पुस ३, २०७३



  • काठमाडौं  । चिनियाँ कम्युनिष्ट पार्टीको प्रचार विभाग प्रमुख लि छिपाओ नेतृत्वको प्रतिनिधिमण्डल आज तीन दिने नेपाल भ्रमणको क्रममा काठमाडौं आउँदै छ ।
    चिनियाँ राष्ट्रपति सी जिङ पीङको भाषणहरु समेटिएको पुस्तक विमोचन समारोहमा सहभागि हुन छिपाओ नेतृत्वको प्रतिनिधिमण्डल नेपाल आएको हो ।
    नेपाल चीन अध्ययन केन्द्रले नेपालीमा अनुवाद गरेको ‘चीनको शासन व्यवस्था’ नामको पुस्तक आज राष्ट्रपति विद्यादेवी भण्डारीले विमोचन गर्ने कार्यक्रम रहेको केन्द्रले जनाएको छ ।
    प्रतिनिधिमण्डलले राष्ट्रपतिसहित, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री प्रचण्डलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको छ ।

    प्रचण्ड नेतृत्वमा सरकार गठन भएयता चीनबाट नेपाल आउन लागेका लिउ उच्च अधिकारी हुन् ।
    यसैबीच छिपाओको स्वागतमा ग्रेटर नेपाल अभियानका संयोजक फणिन्द्र नेपालसहितको टोली विमानस्थल पुगेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij