शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

कुलमानको ठाउँमा शाक्यले पाए प्राधिकरणको कायममुकायम प्रमुखको जिम्मा

  • प्रकाशित मिति : बिहिबार, कार्तिक २७, २०७७



  • काठमाडौं । नेपाल विद्युत प्राधिकरणले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको कायममुकायम (कामु) कार्यकारी निर्देशकको जिम्मेवारी दिएको छ ।

    ऊर्जा मन्त्रालयले आइतबार शाक्यलाई निमित्त कार्यकारीमा नियुक्त गरेको थियो । प्राधिकरणको बुधबार साँझ बसेको सञ्चालक समिति बैठकले शाक्यलाई कामु कार्यकारी निर्देशकको जिम्मा दिएको हो ।

    अब उनले कार्यकारी निर्देशकसरहकै सेवा सुविधा र अधिकार पाएका छन् । यसअघि कार्यकारी निर्देशक रहेका कुलमान घिसिङको भदौ २९मा कार्यकाल सकिएपछि ऊर्जामन्त्री वर्षमान पुनले प्राधिकरणका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्त प्रमुखको जिम्मा दिएका थिए ।

    तर, कोइरालाभन्दा बरिष्ठ उपकार्यकारी निर्देशक रहेका शाक्य प्राधिकरणकै सहायक कम्पनी ‘एनईए इन्जिनियरिङ कम्पनी’मा प्रवन्ध निर्देशकममा रुपमा काम गरिरहेका थिए । उनी सोमबारबाट प्राधिकरणमा निमित्त कार्यकारीको रुपमा आएका थिए । बुधबार नै उनले कामुको जिम्मेवारी पाएका छन् । योसँगै अब प्राधिकरणमा कुलमान घिसिङ वा अन्य कुनै पात्र कार्यकारी निर्देशकका रुपमा आउने सम्भावना तत्कालका लागि टरेको छ ।

    मन्त्रिपरिषदमा घिसिङलाई नियुक्त गर्न लगिएको प्रस्तावमा प्रधानमन्त्रीले छलफल नै गराएका छैनन् । अब शाक्यले नै प्राधिकरणको कामु प्रमुखका रुपमा नेतृत्व गर्नेछन् ।

    शाक्य प्रसारणलाइनका जानकार मानिन्छन् । उनी २०७३ अघि अमेरिकी सहयोग कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तरगत तयारी चरणको परियोजनामा पनि खटिएका थिए ।

    प्राधिकरणबाट घिसिङ बाहिरएपछि शाक्यले प्राधिकरणको कार्यकारी निर्देशकमा आˆनो दावेदारी रहेको बताएका थिए । पूर्वको इलाम बजार स्थायी घर भएका शाक्यले बिई गरेका छन् । उनले प्रणाली सञ्चालनमा स्नातकोत्तर पनि गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij