शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

सल्यानी खुकुरीको माग दिन प्रतिदिन बढ्दै

  • प्रकाशित मिति : सोमवार, भदौ ६, २०७३



  •  सल्यानी खुकुरीको माग दिन प्रतिदिन बढ्दै गएको छ । देश, विदेशमा सल्यानको चिनोको रुपमा खुकुरी पठाउनु तथा अन्य घरायसी कामको लागी प्रयोग गर्नेको संख्यामा बृद्धि भए पछि सल्यानी खुकुरीको माग बढेको हो ।

    जिल्ला भित्र हुने बिभिन्न कार्यक्रममा सहभागी पाहुनाहरुलाई उपहार स्वरुप खुकुरी दिन थाले पछि सल्यानी खुकुरीको माग झन् बढेको हो । तर माग अनुसारको खुकुरीको उत्पादन हुन सकेको छैन् । लामो समय देखी खुकुरी बनाउने पेशमा लागेका शारदा नगरपालिका २ खलंगा बिश्वकर्मा टोलका ६४ वर्षिय जुद्धबिर बि.क.ले माग भए अनुसारको खुकुरी पु¥याउन नसकिएको बताए ।

    खलंगामा रहेको विश्वकर्माटोलमा ११ परिवार रहेका छन् । ती मध्ये ६ परिवारले फलामवाट वन्ने खुकुरी , खुडा , चुलेसि , चक्कु , हसिया बनाउदै आएका छन् । वि.क.का अनुसार खुडा, चुलेसी चक्कु भन्दा बढि खुकुरीको माग रहेकोे छ ।

    द्धन्द्धका समयमा खुकुरीको कारोबारो पूर्ण रुपमा बन्द भएपनि शान्ति भएसँगै पून खुकुरीको माग बढ्दै आइरहेको उनले बताए । खुकुरी वनाउने पेशावाट घर खर्च टार्नुका साथै छोरा छोरी विद्यालय पढाऊने सहयोग पुगेकोे अर्का उद्यमी इन्द्र वहादुर वि.क.ले बताए ।

    उक्त टोलका वि.क. परिवारले खुकुरी बनाउने पुख्र्यौली पेशालाई ब्यबसायिक बनाएर निरन्तरता दिदा जीवनस्तरमा सुधार आएको वताएका छन् । उनीहरुले आफुहरुले उत्पादन गरेको खुकुरी बिक्री हुदैन की भन्ने डर भन्दा पनि फलामका औजारहरु निर्माणका लागि वढ्दो लोडसेडिङ्गले समस्या भएको बताएका छन् ।

    दैनिक एक वटा खुकुरी वनाउन सकिने भएपनि वढ्दो लोडसेडिङ्गका कारण समस्या भएको उद्यमी विकले बताए । “खुकुरी चम्कीलो वनाउन लगाईने सान प्रयोग गर्न समस्या छ” उनले भने “आकर्षक खुकुरी , खुडा वनाऊने आधुनिक ग्रयान्डर मेसिन भएर पनि बत्तिका कारण प्रयोग बिहिन छ ।”

    सल्यानी खुकुरी काठमाण्डौ, नेपालगञ्ज, दाङ्ग, वाहिरी अमेरिका, अष्टे«लिया लगायतका देशमा उपहारका रुपमा पठाउने गरिन्छ

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij