शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

काठमाडौं-दिल्ली उडानका भारतको सहमति, दुबै देशका सरकारी एयरलाइन्स उड्ने

  • प्रकाशित मिति : बिहिबार, मंसिर २५, २०७७



  • काठमाडौं । नेपाल र भारतबीच ९ महिनापछि नियमित हवाई उडानको बाटो खुलेको छ । नेपाल सरकारले भारतको एयर ट्रान्सपोर्ट बबल स्किममा सहभागी हुने निर्णय गरेको थियो ।

    नेपाल सरकारले नेपालको एक र भारतको एक वायुसेवा कम्पनीलाई उडानको अनुमति दिने निर्णय गरी सहमतिका लागि भारत सरकारसँग प्रस्ताव गरेको थियो ।

    भारत सरकारबाट उक्त प्रस्ताव स्वीकार गरी एयर इन्डियालाई उडानका लागि तोकिएको नेपालस्थित भारतीय दूतावासले जानकारी दिएको छ ।

    दूतावासका अनुसार नेपालबाट नपाल एयरलाइन्स र भारतबाट एयर इन्डियाले अब नियमित उडान गर्ने भएका छन् । यी एयरलाइन्सले कहिलेबाट उडान सुरु गर्ने भन्ने जिम्मा उनी स्वयम् एयरलाइन्सलाई दिइएको छ ।

    अब नेपालबाट नेपाल एयरलाइन्सले दिल्लीका लागि एक उडान गर्नेछ । एयर इन्डियाले दिल्लीबाट काठमाडौंका लागि एक उडान गर्नेछ ।

    यसरी यो रुटमा दैनिक दुई उडान हुने गरी सहमति बनेको छ । भारतको उडान खुलेसँगै अब ९ महिनासम्म रोकिएका यात्रुले नियमित यात्रा गर्न सक्ने भएका छन् ।

    एयर बबल अवधारणा भारतले कोरोना भाइरसको संक्रमणपछि मुलुकहरुले आफ्ना नागरिकलाई लैजान सक्ने गरी ल्याएको अवधारणा हो । यस स्किमअन्तर्गत नेपाल आउने यात्रुले यात्रु थाल्नु अगाडि नै अन्तराष्ट्रिय ट्राभल अनलाइन फारम भर्नुपर्ने छ ।

    उक्त उडान भरे र विमानमा बोर्डिङ हुने समयभन्दा बढीमा ७२ घण्टा अघिको पीसीआर रिर्पोट नेगेटिभ भएका यात्रुलाई मात्र नेपाल ल्याउन पाइने गरी मन्त्रिपरिषद्ले शर्त तोकेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij