शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

सुरक्षित रहेर पत्रकारिता गर्न आग्रह

  • प्रकाशित मिति : सोमवार, मंसिर २९, २०७७



  • पर्वत । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सबैभन्दा ठूलो चपेटामा नेपालको सञ्चार क्षेत्र परेको एक कार्यक्रमका वक्ताले औंल्याएका छन् । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशले पर्वतको कुश्मामा आयोजना गरेको ‘कोभिड–१९ ले सञ्चार क्षेत्रमा पारेको असर र अबको पत्रकारिता’ विषयक अन्तरक्रियामा महासङ्घका केन्द्रीय महासचिव रमेश विष्टले कोभिडका कारण सञ्चार क्षेत्र सबैभन्दा ठूलो समस्यामा परेको बताउँदै सजग भएर काम गर्न आग्रह गरे ।

    उनले पहिला आफू स्वस्थ्य भएमात्र स्वस्थ्य र सक्रियरुपमा पत्रकारिता गर्न सकिने बताउँदै स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालन गरेर कार्यक्षेत्रमा खटिन आग्रह गरे ।  महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेले अबको पत्रकारितालाई परिमार्जन गर्न जरुरी रहेको बताए । खाली कुनै एक समूहको भजन गाउने र विज्ञापन गर्ने पत्रकारिताभन्दा पनि खोजमूलक पत्रकारितामा ध्यान दिनुपर्नेमा जोड दिए ।

    अब पनि पुरानै शैलीको पत्रकारिता गर्ने हो भने सञ्चार क्षेत्रमा टिकिरहन समस्या हुने उनको भनाइ छ । कार्यक्रममा महासङ्घका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले कोभिड–१९ ले मोफसलका सञ्चार माध्यमहरु सबैभन्दा मारमा परेको बताउँदै यसका लागि तीनै तहका सरकार जिम्मेवार हुनुपर्ने बताए । पत्रकार र सञ्चार माध्यमको निरन्तरताका लागि राज्यको सहयोग आवश्यक रहेको उनको भनाइ छ । कार्यक्रममा पर्वत, बागलुङ म्याग्दीका पत्रकारको सहभागिता थियो । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij