शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

जब जनकपुर जान विमान चढेका यात्रु पोखरा पुगे…

  • प्रकाशित मिति : शनिबार, पुस ४, २०७७



  • काठमाडौं । शुक्रबार अपरान्ह करिब ४ बजे पोखरा विमानस्थलमा बुद्ध एयरको एटीआर ७२ जहाज अवतरण गर्‍यो । त्यसपछि विमानमा सवार यात्रु तीनछक परे,  उनीहरू काठमाडौंबाट जनकपुर  जान भनेर विमान चढेका थिए । आफू चढेको जहाज पोखरा अवतरण भएको थाहा पाएपछि उनीहरू अलमलमा परे । आखिर के भयो ? किन भयो  ?

    पोखरा विमानस्थलका प्रमुख भोला गुरागाइँका अनुसार जहाज पोखरा विमानस्थलमा सुरक्षित अवतरण गरेपछि मात्र यात्रुले आफूहरु जनकपुर नभइ पोखरा आएको पत्तो पाएका थिए ।

    सामान्यतयाः आकासमा कुनै प्राविधिक गडबडी भएमा, जनकपुरको मौसम सफा नभएमा अवतरण हुन नसकी विकल्प खोज्नु सामान्य हो । तर, शुक्रबार त्यस्तो कुनै अवस्था थिएन । गुरागाइँ भन्छन्, सेफ्टिका कारण जहाज पोखरा आएकै होइन।

    भएको चाँहि के हो त ?

    विमानस्थलस्रोतका अनुसार त्रिभुवन विमानस्थलमा ग्राउन्ड ह्यान्डिलिङमा कम्पनीबाटै खटिएका कर्मचारीको कमजोरीले यस्तो हुन पुग्यो । बुद्ध एयरको उडान नम्बर ६०७ जहाज पोखराका लागि पुर्वनिर्धारित उडान थियो । सोहीकारण दुबै विमानस्थलका कन्ट्रोल टावरले यो जहाजलाई पोखरा उडानको अनुमति दिए । तर, जहाजमा पोखरा जाने यात्रु बोर्ड गर्नुपर्ने (चढाउनुपर्ने) मा असावधानीबस जनकपुर जाने यात्रु चढाइयो । फलस्वरूपः पोखरा जाने जहाजमा जनकपुरका यात्रु भरेर उडाइयो । यसको सुइँको चालक दलले पनि पाएन ।

    हरेक उडानको शुरु र अन्तिममा पाइलट र एयर होस्टेसले गन्तब्यबारे जानकारी दिन्छन् । यो उडानका दौरान पक्कै पनि उनीहरुले त्यो जानकारी दिएका हुनसक्छन्। विमान पोखरा पुग्दासम्म पाइलट र एयरहोस्टेसको ‘एनाउन्समेन्ट’मा  यात्रुले किन प्रतिक्रिया दिएननन् त ?   यो विषय भने अचम्म लाग्दो भएको विमानस्थलका प्रमुख गुरागाइँ पनि बताउँछन्।

    काठमाडौं विमानस्थलबाट पोखराकै लागि निर्धारित उडान भएका कारण पाइलटको समेत यो उडानमा गल्ति नदेखिएको विमानस्थल स्रोतको भनाइ छ । यद्यपि यस विषयमा छानबिन हुने काठमाडौं विमानस्थलका एक अधिकारीले जानकारी दिए ।

    पोखरा विमानस्थलका प्रमुख गुरागाइँका अनुसार जनकपुरका यात्रु बोकेर पोखरा पुगेको जहाजलाइ इन्धन भराएर पुनः काठमाडौंको आकाश हुँदै जनकपुर पठाइएको छ । जहाजले जनकपुरमा सफल अवतरण गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij