आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

डोभ साबुनले जति पखाल्दा पनि नपखालिएका प्रचण्ड!

  • प्रकाशित मिति : शुक्रबार, पुस १७, २०७७



  • काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण गर्ने कला गजबको छ। अझ उनले भाषणको बीचमा मिसाउने उखान टुक्काले भाषणलाई रोमाञ्चकता प्रदान गर्छ।

    प्रधानमन्त्रीले भाषण गर्दा प्रयोग गरेको कतिपय उखान टुक्का त जनजिब्रोभा झुण्डिएका पनि छन्। यतिबेला सत्तारुढ दल नेकपा दुई समूहमा विभाजित बनेको छ। पार्टी विभाजित भएपनि एकपक्षले अर्को पक्षलाई आरोप प्रत्यारोप गर्नु स्वाभाविक भै हाल्यो।

    बुधबार प्रधानमन्त्री ओलीको उपस्थितिमा सुदुरपश्चिम प्रदेश सम्पर्क कमिटी तथा सम्पूर्ण जनसंगठनहरुले आयोजना गरेको ओली समूहको नेकपाको उपत्यकाका उपलब्ध सुदुरपश्चिम प्रदेश स्तरीय बृहत कार्यकर्ता भेलालाई सम्वोधन गर्दै ओलीले अधिकांश समय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल विरुद्ध उपयोग गरे।

    सम्बोधनको धेरै शब्दहरुमा मनोरञ्जनात्मक टिप्पणी गरेका ओलीले माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ता भएको र प्रचण्डको छेउमा बस्ने नेताको हैसिएत आफूले पनि दिएको भन्दै व्यंग्य गरे।

    ओलीले प्रचण्डलाई प्रधानमन्त्रीको पदका लागि मरिहत्ते गर्ने नेताको रुपमा चित्रण मात्रै गरेनन् प्रचण्डलाई राजनीतिक बैमानी गरेको र आफूले धेरै सानुव पानी र सेम्पूले पखाल्दासमेत नपखालिएको टिप्पणी गरे।

    ‘यो तीन वर्षमा मेरो डोभ साउनका धेरै डल्लाहरु खर्च भए, धेरै स्याम्पु खर्च भयो। ड्रमका ड्रम पानी, ट्यांकीका ट्यांकी पानी खत्तम भयो,’ प्रधानमन्त्री ओलीले भने, ‘उहाँलाई (प्रचण्ड) धुँदा धुँदा, सावुन लगायो पखाल्यो जस्तोको त्यस्तै! तपाइँहरुले देखिहाल्नु भयो।’

    ओलीले प्रचण्डलाई धृतराष्ट्रजस्तो षड्यन्त्रकारी राजनीति बैमानी गरेको र साबुन पानीले जति पखाल्दा पनि उस्तै भएको आरोप लगाएका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij