आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पृथ्वी जयन्तीको अवसरमा काठमाडौंमा उर्लिएको जनसागर

  • प्रकाशित मिति : मङ्लबार, पुस २८, २०७७



  • काठमाडौं । आधुनिक नेपालको निर्माण गर्ने बडामहाराजधिराज पृथ्वीनारायण शाहको जन्म दिन तथा राष्ट्रिय एकता दिवस काठमाडौं लगायत देशभर पृथ्वीनारायणको योगदानको सम्झना गरी मनाईएको छ ।

    २९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समितिको आयोजनामा शान्ति वाटिकामा भेलाइ भइ सिंहदरबारको पश्चिमगेटमा अवस्थित पृथ्वीनारायण शाहको शालिका माल्यार्पण गरेका थिए।

    समारोह समितिमा पूर्व डिआइजी रमेश खरेल, अभिनेत्री मनिषा कोइराला लगायतका सामाजिक अभियान्ताहरुको उपस्थति रहेको छ। नेपाल एकीकरण गरेर राज्य र पहिचान दिने पृथ्वीनारायण शाहको जन्मदिनमा पर्ने राष्ट्रिय एकता दिवस नमनाइएको र उक्त दिनमा सरकारले विदा पनि नदिएको भन्दै अभियान्ताहरुले सरकारको आलोचना समेत गरेका थिए।

    आधुनिक नेपालका निर्माणकर्ता पृथ्वीनारायण शाहको १७७९ पुष २७ गते गोरखा दरवारमा भएको थियो। २० वर्षको उमेरमा राजा भएका शाहले तत्कालिन वाईसे चौबिसे राज्यमा विभाजन भएको नेपाललाई एकीकरण गरेका थिए।

    मकवानपुरकी राजकुमारीसँग विवाह गरेका शाहले नुवाकोट र किर्तिपुरमा एक भन्दा बढी युद्ध गरेर जित हासिल गरेका थिए। उनको ५२ वर्षको उमेरमा मृत्यु भएपछि नेपालको एकीकरण यात्रा उनका पनाति गिर्वाणयुद्ध विक्रम शाहको पालामा समाप्त भएको थियो। एकीकरण अभियान करिव ७० वर्षसम्म चलेको थियो।

    २००७ सालको प्रजातन्त्रपछि योगी नरहरीनाथले नेपालमा राष्ट्रपिता पृथ्बीनारायण शाहको जन्मोत्सव मनाउनु पर्छ भनेर प्रकृया शुरू गरेका थिए। २००९ सालदेखि योगी नरहरिनाथले सरकारसँग समन्वय गरेर एउटा समारोह समिति गठन गरी आफै त्यो समितिमा बसेर राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्तीको रूपमा मनाउन प्रारम्भ गरेका हुन।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij