आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दाजुको हत्याको बदला लिन बहिनीको जालः हत्यारालाई प्रेममा फसाइ बोलाएर मार्न खोज्दा…

  • प्रकाशित मिति : बिहिबार, माघ १, २०७७



  • काठमाडौं। आफ्ना दाजुको हत्यारालाई मारेर बदला लिनको लागि एक युवतीले निकै खतरनाक जाल बिच्छ्याएको खुलासा भएको छ । ती बहिनीले दाजुको हत्यारालाई पहिले प्रेममा फसाइन् त्यसपछि भेट्न बोलाइन् । जब युवक भेट्न आए उनले युवकलाई अपहरण गराइन् । अपहरणपछि जब युवकलाई जंगलमा लगेर मार्न खोजियो अन्तिममा योजना विफल भयो । इण्डिया टुडेका अनुसार मुम्बइमा भएको यो घटनामा ती युवती र अन्य ५ जनालाई पुलिसले पक्राउ गरेको छ ।

    जून २०२० मा मुम्बइको मलाड क्षेत्रमा पार्किङको विषयमा दुई गुटबीच भिडन्त भएको थियो भिडन्तमा मोहम्मद सादिक नामका युवकले २४ वर्षका अल्ताफ शेखको हत्या गरे । हत्यापछि सादिक दिल्ली भागे । यो घटनाले अल्ताफकी बहिनी यासमिनलाई ठूलो धक्का लाग्यो । त्यही समयमै उनले दाजुको हत्याको बदला लिने प्रण गरिन् । उनले आफ्ना दाजु अल्ताफका साथीहरु फारुक शेख (२०), ओवैसी शेख (१८), मनिष सैयद (२०), जाकिर खान (३२) र सत्यम पाण्डे (२३) लाई आफ्नो साथमा मिलाएर सादिकलाई मारेर बदला लिने योजनामा काम सुरु गरिन् ।

    अल्ताफको हत्या भएको एक महिनापछि यासमिनले अल्ताफका साथीहरुलाई मालवानी इलाकामा भेटिन् । त्यहाँ सादिकलाई हनीट्रयापमा फसाएर मार्ने योजना बन्यो । यसको लागि यासमिनले फर्जी इन्स्टाग्राम अकाउन्ट बनाइन् र सादिकसँग कुरा गर्न सुरु गरिन् । यस क्रममा उनले सादिकसँग प्रेमको नाटक गरिन् र विस्तारै उनलाई आफ्नो प्रेमजालमा फसाइन् । प्रेमको नाटक गर्दै उनले सादिकलाई मुम्बइ भेट्न बोलाइन् । यासमिनको पटक–पटकको अनुरोधपछि १ हप्ता अघिमात्र सादिक यासमिनलाई भेट्न दिल्लीबाट मुम्बइ पुगे ।

    यही शनिबार यासमिनले सादिकलाई मुम्बइको छोटा कश्मिर क्षेत्रमा भेट्न बोलाइन् । तर, भेट्नको लागि त्यहाँ यासमिन आफू गइनन् । त्यहाँ अलताफका ५ जना साथीहरु सादिकलाई पर्खेर बसे । उनीहरु एउटा एम्बुलेन्समा पर्खेर बसेका थिए । जब सादिक त्यहाँ पुगे, पाँचैजनाले मिलेर सादिकलाई अपहरण गरेर एम्बुलेन्समा हाले । उनीहरुले सादिकलाई वसइ नायगांव क्षेत्रको जंगलमा लगेर मार्ने र उनको शव त्यतै व्यवस्थापन गर्ने योजनाअनुसार उनलाई लिएर गए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij