आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एसईई परीक्षा अब राष्ट्रिय परीक्षा बोर्डले नै लिने

  • प्रकाशित मिति : मङ्लबार, माघ २७, २०७७



  • काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय शिक्षाको शैक्षिक सत्र तथा वार्षिक परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा ‘माध्यमिक शिक्षा कक्षा १० को एसइई परीक्षा सम्बन्धमा प्रदेश सरकारसँग आवश्यक सहकार्य गरी राष्ट्रिय परीक्षा बोर्डले साविकबमोजिम परीक्षा सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणीकरण गर्ने प्रबन्ध मिलाउने निर्णय गरेको छ । शैक्षिक सत्र एवं विद्यालय शिक्षाका सबै तह र कक्षाका विद्यार्थीलाई स्थानान्तरण सम्बन्धमा शिक्षा नियमावली, २०५९ मा तत्सम्बन्धी आवश्यक व्यवस्था गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।

    ४० जिल्लामा पहिलो चरणको निर्वाचन

    सरकारले पहिलो चरणमा प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशअन्तर्गत ४० जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचन गर्ने निर्णय गरेको छ । बैठकले दोस्रो चरणमा प्रदेश १, वाग्मती र कर्णाली प्रदेशअन्तर्गत ३७ जिल्लामा निर्वाचन निर्णय गरेको प्रवक्ता गुरुङले जानकारी दिए ।

    सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर पहिलो चरणमा आगामी वैशाख १७ र दोस्रो चरणमा वैशाख २७ गते निर्वाचन गर्ने घोषणा गरेको थियो । बैठकले यही माघ ३० गते तामाङ र शेर्पा समुदायको ठूलो चाड सोनाम ल्होसारका अवसरमा सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ । मुलुकमा रहेका विभिन्न जातजाति र भाषाभाषीको चाडपर्वलाई विगत वर्षमा सार्वजनिक बिदा नदिने निर्णय गरेपनि यस वर्ष विभिन्न चाडपर्वमा सार्वजनिक बिदा दिने निर्णय गरिएको प्रवक्ता गुरुङले बताए ।

    प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य

    बैठकले नेपाल विद्युत् प्राधिकरणको रिक्त कार्यकारी निर्देशकको पदमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ । गत भदौ अन्तिममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पदावधि सकिएपछि सो पद रिक्त रहँदै आएको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्राधिकरणकै उपकार्यकारी निर्देशक शाक्यलाई कामु कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो ।

    यसैगरी बैठकले संयुक्त राष्ट्रसङ्घ, मानव अधिकार परिषद्को ४६औँ सत्रको उच्चस्तरीयसभामा सहभागिताका लागि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको नेतृत्वमा १२ सदस्यीय प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ । मदन भण्डारी रङ्गशाला आयोजनाको विकास तथा सञ्चालन गर्नका लागि झापाको दमक नगरपालिका–३ मा रहेको कूल २७ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न र त्यहाँ रहेको एक हजार ९२४ वटा रुखबिरुवा हटाउन स्वीकृति दिएको छ ।

    लुम्बिनी केबलकार प्रालिलाई रुपन्देही र पाल्पा जिल्लाअन्तर्गतको कूल ६।२७ हेक्टर राष्ट्रिय वन क्षेत्र २५ वर्षका लागि प्रयोग गर्न दिने र त्यहाँ रहेका कूल एक हजार ३३८ वटा पोल एवं रुख हटाउनसमेत स्वीकृति दिएको छ । बैठकले शिक्षा (नवौँ संशोधन) नियमावली, २०७७ स्वीकृत गरेको छ । साना विकास परियोजनअन्तर्गत जिल्ला समन्वय समितिमार्फत कार्यान्व्यन भइरहेका अधुरा आयोजनासम्बन्धित स्थानीय तहमा हस्तान्तरण गर्न स्वीकृति प्रदान गरेको छ । निर्वाचन आयोग र अन्तर्गतका कार्यालयहरूको सङ्गठन संरचना र दरबन्दी तेरिज स्वीकृत गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij