शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

कोशीमा पानीको सतह बढ्यो, २६ वटा ढोका खोलियो

  • प्रकाशित मिति : शनिबार, साउन ८, २०७३



  • विराटनगर, साउन ८ – सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । पहाडी जिल्लामा भएको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको हो ।

    शनिबार बिहान साढे ६ बजे मापन गरिए अनुसार सप्तकोशी नदीमा पानीको बहाव  दुई लाख १० हजार ३५ क्युसेक रहेको छ ।

    शुक्रबार बिहान एक लाख ६३ हजार मापन गरिएको पानीको बहाव शुक्रबार रातिको वर्षापछि बढेको हो । पानीको बहाव बढेपछि कोशी ब्यारेजका २६ वटा ढोका खोलिएको छ ।

    यसैबिच मोरङका धेरै स्थान जलमग्न भएका छन् । विराटनगरको मुख्य बजार जलमग्न भएको छ । त्यस्तै अमरदह, कटहरी, भाथिगछ, बरडंगा गाविसमा राति परेको वर्षाका कारण डुबान भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    यस्तै भोजपुरको तिवारी भञ्ज्याङमा गएको पहिरोको कारण कोशी राजमार्ग अवरुद्ध भएको छ । तिवारीभञ्ज्याङ–५ मा भोजपुर–लेगुवा सडकखण्डमा पहिलो खस्दा सडक अवरुद्ध भएको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij