शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद वरुण पौडेलले बुधबारदेखि

  • प्रकाशित मिति : बिहिबार, साउन १३, २०७३



  • भारतको विहारमा उत्पन्न भएको निम्नचापीय क्षेत्र (लो प्रेसर सिस्टम) नेपालको मध्य भाग प्रवेश गरेपछि मनसुन सक्रिय भई देशैभर भारी वर्षा भएको मौसमविदहरूले विश्लेषण गरेका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद वरुण पौडेलले बुधबारदेखि पश्चिम क्षेत्रमा बाहेक वर्षा कम हुँदै गएको बताए ।‘सूदूरपश्चिममा शुक्रवार/शनिबारसम्मै वर्षा हुने देखिन्छ,’ मौसमविद् पौडेलले भने, ‘अन्यत्र भागमा भने अब लगातार वर्षा हुने संभावना छैन, छिटफुट वर्षा भइहरनेछ ।’ बुधवारदेखि मनसुनी गतिविधि मध्यभाग हुँदै पश्चिमतिर सर्दै गएकाले पश्चिमबाहेकका क्षेत्रमा वर्षा कम हुने भएको हो । पश्चिमी क्षेत्रमा भने भारी वर्षा हुने भन्दै मौसमविदले सतर्कता अपनाउन सम्वद्ध निकायलाई आग्रह गरेका छन् । मनसुनका चार महिनामध्ये साउनदेखि मध्य भदौसम्म सबभन्दा बढी वर्षा हुन्छ ।

    महाशाखाका मौसमविद सुवास रिमालले सोमबार बिहारबाट प्रवेश भएको निम्नचापीय क्षेत्रमा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको असरसमेत मिसिएपछि मुलुकभर लगातार भारी वर्षा भएको बताए । ‘उत्तर प्रदेश र बिहारमा बनेको निम्नचापीय क्षेत्रमा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको मिश्रण भएपछि हामीकहाँ मनसुन सक्रिय भयो र वर्षा भयो,’ रिमालले कान्तिपुरलाई भने । बंगालको खाडीबाट पश्चिम बंगाल, बिहार हुँदै जलवाष्पयुक्त वायु पूर्वतिर प्रवेश गरेको थियो भने नेपालको मध्य भागबाट निम्नचापीय क्षेत्र प्रवेश भएको थियो । दुबै प्रणाली एकैसाथ सक्रिय भएर भारी वर्षा भएको रिमालले उल्लेख गरे । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायु सतहबाट तीन किलोमिटरमाथिसम्म सक्रिय थियो ।

    मौसमविद्हरुका अनुसार साधारणतया निम्नचापीय रेखा उत्तरतिर सर्दै गएपछि मनसुनको गतिविधि बढ्छ भने दक्षिणी भागमा मनसुन कमजोर हुन्छ । अर्की मौसमविद् विभूति पोखरेलले अझै पनि पानी पार्ने शक्तिशाली ‘क्युमोलोनिम्बस बादल’ पश्चिमी क्षेत्रमा बलियो देखिएकाले बुधवार राती पनि सूदूरपश्चिममा भारी वर्षा हुने बताइन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?
    गुराँस गाउँपालिका अध्यक्षमा पूर्व बीबीसी संवाददाता नेत्र केसीको चर्चा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij