प्रकाशित मिति : मङ्लबार, भदौ ७, २०७३
जलेश्वर । महोत्तरीको गोनरपुरा गाविसमा विषादी सेवन गर्दा एक महिलाको मृत्यु भएको छ । गोनरपुरा गाविस वडा नं. ८ हरि गोरीगमा गाँउ बस्ने राम जानकी गिरी (गोसाई)को कान्छी श्रीमती वर्ष २३ की संजिरा गिरीको आईतवार साँझ विषादी सेवनबाट मृत्यु भएको हो । उनको उपचारको क्रममा अञ्ंचल अस्पताल जनकपुर लग्ने वेला बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जेठी श्रीमती सुवोदेवी गोसाई घाँस काटन खेतमा गएको वेला संंजिराले विष सेवन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
राम जानकीका जेठी श्रीमती घाँस काटेर फर्किँदा कान्छी श्रीमती विषादी सेवन गरि छटपटाउँदै गर्दा छरछिमेकीको सहयोगमा जीपमा राखी उपचारको लागि अस्पताल लाने क्रममा बदिया बन्चौरीस्थित सडकमै जीपको चक्का हिलोमा फसेकोले समयमै उनको उपचार हुन नसक्दा उनको मृत्यु भएको स्थानीयले बताएका छन् ।
शव पोष्टमार्टमपछि आफन्तलाई बुझाई सकिएको छ भने थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij