शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

कोरोनाका कारण भारतीय धनाढ्यहरु देश छाडेर पलायन हुँदै

  • प्रकाशित मिति : बुधबार, बैशाख १, २०७८



  • काठमाडौं। कोरोनाभाइरस महामारीले भारतीय धनाढ्यहरु देश छाडेर भाग्ने क्रम बढेको छ । २०२० मा आफ्नो देश छाडेर अर्को देशमा गएर स्थापित हुने भारतीयको संख्या विश्वमै सबैभन्दा बढी भएको छ । भारतीय धनाढ्यहरु लगानीको बदलामा नागरिकता र बसोवास अनुमति दिने देशहरुमा जान थालेका छन् । यसअघि भारतको कर प्रणालीका कारण पनि धनाढ्यहरु भारत छाडेर जाने गरेकोमा कोरोनाले त्यो संख्या ह्वात्तै बढाएको छ ।

    वाल स्ट्रिट इन्भेस्टमेन्ट बैंक मोर्गन स्टान्लेले २०१८ मा जारी गरेको तथ्यांकअनुसा २०१४ देखि त्यो समयसम्म २३ हजार भारतीय धनाढ्यहरु देश छाडेर विदेश पलायन भइसकेका थिए । अहिले ग्लोबल वेल्थ माइग्रेसन रिभ्यूले जारी गरेको तथ्यांकअनुसार २०२० मा मात्रै ५ हजार भारतीय धनाढ्यहरु देश छाडेर बाहिर गइसकेका छन् ।

    यो संख्या भारतको उच्च सम्पत्ति भएको जनसंख्याको २ प्रतिशत हुन आउँछ । लयण्डनमा मुख्यालय रहेको विश्वव्यापी नागरिकता र आप्रवासन एडभाइजरी हेन्ले एण्ड पार्टनर्सका अनुसार लगानीको बदलामा अर्को देशमा नागरिकता र बसोवास अनुमति खोज्नेहरुमा भारतीयहरु सबैभन्दा धेरै छन् ।

    एच एण्ड पीका अनुसार यसरी विदेशमा जान चाहने भारतीयको संख्या बढ्नुको प्रमुख कारण कोरोनाभाइरस महामारी हो । विदेश जान चाहने भारतीय धनाढ्यको चाप बढेसँगै एच एण्ड पीले लकडाउनको क्रममा भारतमै कार्यालय स्थापना गरेको छ । ‘मलाई लाग्छ उनीहरु कोरोनाको दोस्रो वा तेस्रो लहर आउँदासम्म पर्खन सकिँदैन भन्ने महसुस गर्न थालेका छन्’ एच एण्ड पीका डोमिनिक भोलेकले बीबीसीसँग भने ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij