मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

कोरोनाका सबैभन्दा बढी संक्रमित काठमाडौंमा, जोखिमयुक्त १४ जिल्लाको अवस्था कस्तो ?

  • प्रकाशित मिति : शुक्रबार, बैशाख ३, २०७८



  • काठमाडौं । गत पुस महिनादेखि घट्दै गएको कोरोना संक्रमितको संख्या पुनः उकालो लाग्न थालेको छ । चैतको पहिलो सातादेखि बढ्न थालेको संक्रमितको संख्या दिनहुँ बढिरहेपछि स्वास्थ्य मन्त्रालयले १४ जिल्लालाई जोखिमयुक्तको सूचीमा राखको छ । तीमध्ये सबैभन्दा बढी संक्रमित काठमाडौंमा रहेका छन् ।
    १४ जिल्लामा संक्रिय संक्रमित र आइसियू तथा भेन्टिलेटरमा बस्नेको तथ्याक समेत बढे पछि सरकारले सचेत हुन आग्रह गरेको छ । काठमाडौं उपत्यकाका सहित १४ जिल्लामा संक्रमितको संख्या बढेसँगै सतर्क रहन भनिएको हो ।

    शुक्रबार मात्रै ९ सय जना संक्रमित थपिएका छन् । हाल देशभर १ सय ३८ जनाको भेन्टिलेटर र आइसियूमा उपचार भइरहेको छ । तीमध्ये पनि ५५ जना काठमाडौं उपत्यकामा नै छन् । हाल देखिएका संक्रमितको संख्या मध्ये ३० देखि ३९ उमेर समुहका बढी रहेका छन् ।

    जोखिमयुक्त १४ जिल्ला मध्ये काठमाडौंमा सबैभन्दा बढी संक्रमित फेला परेका छन् । देशभर ५ हजार ८ जना संक्रिय संक्रमित छन् । बढी प्रभावित १४ जिल्ला मध्ये हाल काठमाडौमा मात्र १ हजार ६ सय ८९ जना व्यक्ति उपचारमा छन् भने ललितपुरमा ३ सय ८५ , कास्कीमा ३ सय २२ , बाँकेमा ४ सय १५ , रुपन्देहीमा २ सय ४१ , चितवनमा १ सय ७२ , पर्सामा १ सय ५७ , कैलाली १ सय ३५ भक्तपुरमा १ सय ३३ , मोरङ्मा १ सय १९ जना हाल उपचारत छन् ।

    गएको ५ दिन यता मात्र काठमाडौंमा ८ सय ९४ जना संक्रमित थपिएका छन् भने ललितपुरमा २ सय १९ बाँकेमा ३ सय ५०, रुपन्देही १ सय ६४, कास्कीमा १ सय ४७ जना कैलालीमा ९७ जनामा संक्रमण देखिएको छ । दिनहुँ उकालो लागिरहेको संक्रमणको दर हेर्दा आगामी दिन थप जोखिमपूर्ण हुने प्रष्ट छ । त्यसैले बेलैमा सावधानी अपनाउन नछोडौं ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij