मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

एक वर्षदेखि अनलाइनबाटै योग

  • प्रकाशित मिति : बिहिबार, बैशाख ९, २०७८



  • कोरोना भाइरस संक्रमणको महामारीका बेला प्रत्यक्ष भेला भएर योग गर्न नपाइने भएपछि शुरू गरिएको अनलाइन कार्यक्रम ‘योग चौतारी’ १ वर्ष पूरा भएको छ । गत वर्ष वैशाख ९ गतेदेखि शुरू भएको अनलाइन योग चौतारीले बिहीवार वार्षिकोत्सव कार्यक्रम गरेको छ ।

    पतञ्‍जलि योग समिति नेपालको योग चौतारी कार्यक्रममा समितिका केन्द्रीय सदस्य लवराज भट्ट संयोजक रहेका छन् । ‘सामूहिक योग अभ्यासलाई निरन्तरता दिन जुमको माध्यमबाट योग चौतारी सञ्चालन गर्छाैं, देशविदेशबाट योग साधकहरू कार्यक्रममा जोडिएका छन्,’ संयोजक भट्टले भने, ‘कोरोनाको दोस्रो लहर शुरू भइरहेको बेला फेरि प्रत्यक्ष रूपमा भेला हुन नपाइने भएकाले अनलाइन योग चौतारीको महत्त्व बढेको छ ।’

    कञ्चनपुरको महेन्द्रनगर निवासी भट्टले घरबाटै कार्यक्रम सञ्चालन गरेपनि अहिले कार्यक्रममा देशविदेशबाट सहभागिता जनाउने गरेका छन् ।

    बिहीवार भर्चुअल माध्यमबाट वार्षिकोत्सव मनाउँदै योग चौतारीले स्वस्थ जीवनका लागि दिनदिनै घरबाटै कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शारीरिक रूपमा स्वस्थ नभए मानसिक र चिन्तनमा समेत समस्या आउने भएकाले योगको महत्त्व रहेको बताए ।

    ‘रोग लाग्न नदिन र रोग निको पार्न योगले राम्रो काम गरेको छ । योगले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, तसर्थ यो कार्यक्रमलाई धन्यवाद दिन्छु,’ उनले भने ।

    पतञ्‍जलि योगपीठ नेपालका प्रमुख ई. शालिग्राम सिंहले स्वामी रामदेवले नेपाललाई प्राथमिकतामा राखेको जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij