मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

विराटनरमा कोरोना संक्रमित पुरुषको‍ मृत्यु

  • प्रकाशित मिति : बिहिबार, बैशाख ९, २०७८



  • विराटनगर । विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । बिहीबार करिब साढे ११ बजे मोरङको कटहरी गाउँपालिका–४ घर भएका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

    मृतक पुरुषमा तीन दिन अघि संक्रमण पुष्टि भएको थियो । उपचारका क्रममा बिहीबार साढे ११ बजे मृत्यु भएको कोभिड १९ उपचार केन्द्र संयोजक एपोलो भगतले जानकारी दिए । उनका अनुसार कोरोना पुष्टि भएपछि ति पुरुषलाई वैशाख ६ गते भर्ना गरिएको थियो ।

    ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या देखिएका पुरुषमा दिर्घरोगको समस्या थिएन । अस्पतालमा हाल २३ जना कोरोना सङ्क्रमित उपचाररत छन् ।

    योसँगै प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ । बुधबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जनाको मृत्यु भएको थियो ।

    वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार राति धरान उपमहानगरपालिका– ११ का ४५ वर्षीय पुरुष र बुधबार दिउँसो प्रतिष्ठान मै इटहरी उपमहानगरपालिका –२ की ७८ वर्षीया वृद्धा महिलाको मृत्यु भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij