शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

मैनबत्तीको उज्यालोमा शिशुलाई जन्म दिनुपर्ने बाध्यता

  • प्रकाशित मिति : मङ्लबार, भदौ ७, २०७३



  • कञ्चनपुर । बिद्युतको भरपर्दो व्यवस्था नहुँदा कञ्चनपुरको झलारी स्वास्थ्य चौकीमा रहेको प्रसूति गृह (बर्थिङ सेन्टर)मा प्रसूति गराउन पुग्ने आमाले मैनवत्तीको उज्यालोमा शिशुलाई जन्म दिनुपर्ने बाध्यता रहेको छ ।

    बिद्युत जडानको कार्य राम्ररी नगरिँदा र बिद्युतको बैकल्पिक व्यवस्था नहुँदा प्रसूतिका लागि पुग्ने आमाले मोमबत्तीको उज्यालोमा शिशुलाई जन्म दिनुपर्ने भएको हो । दैनिक प्रसूति गृहमा प्रसवका लागि तीनदेखि चारजनासम्म महिला पुग्ने गरेका छन् ।

    बिद्युत आपूर्तिमा समस्या देखिएपछि प्रसूति गृहको कोठामा स्वास्थ्यकर्मीले मैनबत्ती बाल्नुपर्ने बाध्यता रहेको छ, स्वास्थ्य चौकीका अनमि निलावती भट्टले भन्नुभयो, “एक हातमा बलेको मोमबत्ती समात्नु पर्ने र अर्को हातले शिशु झिक्नुपर्ने बाध्यता छ ।”

    “मोमबत्तीको पग्लेको मैन शिशु र आमाको शरिरमा परेर पोल्ने खतरा उत्तिकै छ, तर पनि जोखिमका साथ काम गदै आएका छौँ” उहाँले भन्नुभयो ।

    “दिउँसो प्रसव हुने गराउन सहज भएपनि बिद्युतको अभावमा राति प्रसव गराउन निकै समस्या खेप्दै आएका छौँ”, उहाँले भन्नुभयो ।

    विद्युत जडान जीर्ण बनेकाले करेन्ट लाग्ने समस्यासमेत उत्तिकै रहेको उहाँको भनाइरहेको छ ।

    बिद्युतको विकल्पका रुपमा सौर्यबत्ती जडानका लागि पटक–पटक नगरपालिकादेखि जनस्वास्थ्य कार्यालयसम्म लिखित र मौखिकरुपमा जानकारी गराउँदासमेत समस्या समाधान हुन नसकेको स्वास्थ्य सहायक सविता मिश्रले बताउनुभयो ।

    “प्रसूति गृहको एकमात्रै साँघुरो कोठामा दुईवटामात्रै बेड लाग्ने भएकाले दुईभन्दा बढी प्रसूति गराउन महिला पुगेपछि गृहको ग्यालरीमै प्रसूति गराउनुपर्ने हुन्छ” उहाँले भन्नुभयो ।

    प्रसूति गराउने कोठामा राखिएका बेडसमेत पुरानो र जीर्ण भएकाले आमा र शिशु बेडबाट खसेर अर्को दुर्घटना निम्तिने समस्यासमेत रहेको उहाँले बताउनुभयो ।

    स्वास्थ्य चौकीको प्रसूतिगृहमा गत वर्षमात्रै २७९ आमाले सुत्केरी सेवा लिएका थिए । चालु आवको हालसम्म पचासभन्दा बढी आमाले सुत्केरी सेवा लिएका छन् ।

    झलारी पिपलाडी नगरपालिकाका कार्यकारी अधिकृत रघुनाथ अवस्थीले स्वास्थ्य चौकीको प्रसूतिगृहमा बिद्युतको सेवालाई भरपर्दो बनाउनका लागि कार्य अगाडि बढाइने बताउनुभयो ।

    “बिद्युतको विकल्पका रुपमा सौर्यबत्ती जडानका लागि समेत कार्य गरिनेछ” उहाँले भन्नुभयो । स्वास्थ्य चौकीमा पाँचवर्ष अघिदेखि प्रसूति गृह सञ्चालनमा रहेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij