शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

पर्यटक भित्र्याएर स्वच्छता कायम अभियान

  • प्रकाशित मिति : मङ्लबार, भदौ ७, २०७३



  • धादिङ – त्रिशूली नदी बचाउने र यसको सफाइ गरी पर्यटक भित्र्याएर स्वच्छता कायम गर्ने अभियान सञ्चालन भइरहे पनि राजमार्ग छेउका मानिसले शौचालय नदीमा मिसाउन छाडेका छैनन् ।

    मलेखुदेखि गजुरीबजारसम्म पर्ने गजुरी गाविसका क्षेत्रमा बनेका घरहरुले त्रिशूली नदीमा सिधै शौचालय मिसाउने गरेको अनुगमनका क्रममा देखिएको छ ।
    यस क्षेत्रको ८० घरमा गरिएको अनुगमनमा ५२ घरधुरीले शौचालय त्रिशूली नदीमा मिसाउने गरेको देखिएको अनुगमनमा खटिएको गजुरी गाविस कार्यालयले जनाएको छ ।

    गजुरी  गाविसलाई खुला दिसामुक्त गाविस बनाउने अभियान सञ्चालनका क्रममा गाविसस्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले गाविसलाई खुला दिसामुक्त गाविस बनाउन कार्यक्रम सञ्चालन गरेको छ । सोक्रममा २८ घरमा शौचालय नै नभएको पाइएको छ ।

    त्रिशूली लगायत कुनै पनि नदी एवं खोलामा शौचालय मिसाउन नपाइने भएकाले सबै घरलाई तत्काल आफैँले सेफ्टी ट्याङ्की बनाउन निर्देशन दिइएको छ । शौचालय नबनेका घरलाई तत्काल शौचालय बनाउन निर्देशन दिइएको गाविसले जनाएको छ ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij