आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

तुइन काट्ने एसएसबीमाथि कारवाहीको माग

  • प्रकाशित मिति : आइतवार, साउन १७, २०७८



  • काठमाडौं । भारतीय सीमा सुरक्षा बल (एसएसबी) को अमानवीय कार्यका कारण व्यास गाउापालिका २ मालका ३० वर्गाीय जयसिंह धामी महाकाली नदीमाथिको तुइन तर्ने क्रममा बेपता भएको भन्दै उक्त घटनामा संलग्न एसएसबीमाथि काबिाहीको माग राख्दै स्थानीयले जिल्ला प्रशासन कार्यालय दार्चुलामा निवेदन दिएका छन् ।

    शुक्रबार बिहान ८ बजेतिर भारतको बाटो हुँदै जिल्ला सदरमुकाम खलंगा आउने क्रममा तुइन तर्दै गर्दा हतियारसहित एसएसबीको पोशाकमा आएका एसएसबीले तुइन काट्दा धामी बेपता भएको स्थानीय तथा उनीसँग खलंगा आउन लागेका प्रत्यक्षदर्शीको भनाइ छ ।

    तुइनबाट खसेर धामी बेपत्ता भएको खबरलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नदेन्द्रबहादुर चन्दले पनि पुष्टि गर्नुभएको छ । स्थानीय तथा प्रहरीले धामीको खोजी कार्य जारी राखेको छ ।

    निवेदनमा मानिसले बाँच्न पाउने अन्तराष्यिट्रय मानव अधिकार, न्यूनतम मानवीय मूल्यमान्यता र नेपाल भारत सीमा क्षेत्रमा चलिआएको व्यावहारिक सम्बन्ध तथा सामाजिक मूल्यमान्यतालाई चुनौती दिँदै तुइन तरिरहेको अवस्थामा तुइन काटेर जिउँदै नदीमा बगाएको हुँदा उक्त पाशविक घटनामा संलग्न एसएसबीलाई कारबाही गर्न माग गरिएको छ । साथै उक्त घटनाको सत्यतथ्य लुकाउन प्रत्यक्षदर्शीलाई नियन्त्रणमा राखिएको पनि निवेदनमा उल्लेख छ । नागरिक

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij