आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

सोमबारसम्म मन्त्रिपरिषद् विस्तार हुने, कुन पार्टीलाई कति जना मन्त्री ?

  • प्रकाशित मिति : सोमवार, साउन १८, २०७८



  • k|d b]pjfåf/f lgb]{zg sf7df8f}F, !$ ;fpgM k|wfgdGqL z]/axfb'/ b]pjf l;+xb/af/df laxLaf/ gjlgo'Qm /fli6«o of]hgf cfof]usf pkfWoIf 8f ljZj kf}8]nnfO{ kb tyf uf]kgLotfsf] zkykl5 lgb]{zg lbFb} . tl:a/M /f]zg ;fksf]6f÷/f;;

    काठमाडाैं। प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच ढिलोमा सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्न सहमति भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटमा सकेसम्म एमाले नेता माधवकुमार नेपाल पक्षलाई पनि समेटेर सरकार विस्तार गर्ने समझदारी भएको हो।

    पार्टीभित्र आन्तरिक संघर्ष जारी रहेको भन्दै नेता नेपालले अहिले नै सरकारमा सहभागी हुन अनिक्षा व्यक्त गरेको जनाउँदै त्यस्तो अवस्थामा कांग्रेसले आठ, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट सात/सात मन्त्री बन्नेछन्।

    बाँकी तीन स्थानमा नेता नेपालनिकट रहेका तर स्वतन्त्र हैसियतका नेताहरू मन्त्री बन्ने निकटहरूको दाबी छ। ‘आइतबार बिहान संख्या र मन्त्रालय टुंगो लाग्छ,’ एक नेताले भने, ‘सत्तारूढ दलहरूले आ–आफ्नो पार्टीबाट सरकारमा सहभागी गराउने नेताको गृहकार्य गरिरहेका छन्। सकेसम्म आइतबार नभए सोमबारसम्म सरकार विस्तार हुनेछ।’

    कांग्रेसबाट विस्तारित मन्त्रिपरिषद्मा पुष्पा भुसाल सहभागी हुने निश्चित रहेको दाबी गर्दै नारायण खड्का, मानबहादुर विक, किशोरसिंह राठोर, बहादुर सिंह लामासहितका नेता सक्रिय छन्।

    त्यस्तै, संस्थापनइतर पक्षबाट देउवाले नेता रामचन्द्र पौडेलसँग दुई नेताको मात्र नाम मागेको स्रोतको दाबी छ। त्यसमध्ये पार्टी पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी गराउन देउवाले चाहेको बताइएको छ।

    नागरिक दैनिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij