आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

प्रहरीको प्रि–स्याट परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको आशङ्कामा छानविन समिति गठन

  • प्रकाशित मिति : मङ्लबार, साउन १९, २०७८



  • काठमाडौं । नेपाल प्रहरीको शनिबार भएको प्रि–स्याट परीक्षाको प्रश्नपत्र परीक्षा अघि नै बाहिरिएको आशंकमा छानविन समिति गठन भएको छ । संयुक्त राष्ट्रसंघीय मिसन जानका लागि दिइने प्रि–स्याटको प्रश्न पत्र परीक्षा अघि नै केही प्रहरीको म्यासेन्जरमा आएको भन्दै उजुरी परेपछि प्रहरी प्रधानकार्यालयले डिआइजी वसन्त लामाको संयोजकत्वमा छानविन समिति बनाएको हो ।

    नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरका डिआइजी लामो संयोजकत्वमा ६ सदस्यीय छानविन समिति बनाइएको छ । उनका अनुसार युएन शाखाबाहेकका अधिकृत सम्मेलित समिति बनाइएको र समितिले दिएको प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अघि बढ्नेछ ।

    प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार युएन शाखाकै तल्लो दर्जामा कार्यरत दुई जना कर्मचारीले प्रि–स्याट परीक्षाको प्रश्न पत्र दराजबाट चोरेका आशंका गरिएको भएपनि पुष्टि भने हुनसकेको छैन । शनिबार भएको प्रि–स्याट परीक्षाको प्रश्न पत्र बाहिरएको आशंकामा गरिएको थियो । त्यही आधारमा परीक्षा एक घन्टा ढिलो गरी सुरु भएको बताइएको छ ।

    एक प्रहरी अधिकृतका अनुसार परीक्षा हुनुअघि केही प्रहरीको म्यासेन्जरमा समेत प्रश्न पत्र पुगेपछि प्रश्नपत्र बाहिरिएको आशंका गरिएको थियो । यसअघि सशस्त्र प्रहरीले सन २०१८मा लिएको परीक्षामा पनि प्रश्नपत्र बाहिरिएपछि पुनः परीक्षा लिइएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij