आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

बाबाको काखमा बसेकी छोरीलाई चितुवाले खोसेर लग्यो, ३ सय मिटर पर टाउको मात्र भेटियो

  • प्रकाशित मिति : बुधबार, साउन २०, २०७८



  • काठमाडौं। घरमा आफ्ना पिताको काखमा बसेकी ६ वर्षकी छोरीलाई एउटा चितुवाले काखैबाट खोसेर लिएर गएको छ । चितुवाले यसरी बालिकालाई लिएर गएपछि खोजी गर्ने क्रममा १२ घण्टापछि बालिकाको टाउको मात्र भेटियो । बालिकाको टाउको घरभन्दा ३ सय मिटर टाढा भेटिएको छ । उनको बाँकी शरीर भने भेटिएको छैन । घटना भारतको उत्तर प्रदेशको बहराइचको हो ।

    मोतिपुर रेन्जको जंगलबाट करिब १० किलोमिटर टाढा मिहीपुरवा क्षेत्रको चन्दनपुर गाउँमा आइतबार राती करिब ९ बजे देवतादीन यादव छोरी अंशिका भनिने राधिकासँग घरबाहिर बसेका थिए । त्यही बेला लाइन गयो । अँध्यारो भएपछि देवतादीनले छोरीलाई काखमा लिए । यही बेला चितुवा आयो र झम्टिएर काखबाटै बालिकालाई लिएर गयो । देवतादीन आत्तिँदै चिच्याउँदै चितुवाको पछि गए तर अँध्यारोका कारण चितुवालाई देख्न सकेनन् ।

    देवतादीनको आवाज सुनेपछि छिमेकीहरु पनि आए । घटनाबारे थाहा पाएपछि सबै बालिकाको खोजीमा लागे । बालिका नभेटिएपछि वन विभागलाई सूचना दिइयो । वन विभागको टिमसँग पुलिस पनि गाउँ पुग्यो । रातभर बालिकाको खोजी गरियो । १२ घण्टापछि सोमबार बिहान मात्र घरबाट करिब ३ सय मिटर टाढा बालिकाको टाउको भेटियो । बाँकी शरीरको खोजी गरिएको भए पनि फेला पार्न सकिएन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij