आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

‘म विवादमा फस्छु, राज कुन्द्राले मबाट गलत काम गराउँछन् भन्ने सोचेकी थिइन’

  • प्रकाशित मिति : आइतवार, साउन २४, २०७८



  • काठमाडौं। राज कुन्दा पोर्नोग्राफी केसमा महत्वपूर्ण पात्रको रुपमा देखिएकी अभिनेत्री शर्लिन चोपडासँग शुक्रबार राती मुम्बइ पुलिसको क्राइम ब्रान्चले ८ घण्टा सोधपुछ गरेर बयान रेकर्ड गरेको छ । क्राइम ब्रान्चमा बयान रेकर्ड गराएर निस्किएकी शर्लिनसँग एक भारतीय मिडियाले कुरा गरेको छ । कुराकानीमा शर्लिनले राज कुन्द्रा आफ्नो मेन्टर भएको र उनले आफूलाई यो सबै ग्ल्यामर हो भन्दै सुटिङ गराएको बताइन् । राज कुन्द्राले आफूलाई न्यूड र पोर्न आम कुरा भएको विश्वास दिलाएको उनले बताइन् ।

    शर्लिनलाई शुक्रबार क्राइम ब्रान्चले प्रोपर्टी सेलको अफिसमा बयान दिन बोलाएको थियो । बयान दिइसकेपछि मिडियासँग कुरा गर्दै उनले आफू यस्तो विवादमा फस्छु भन्ने नसोचेको बताइन् । राजसँग भेट्दा आफूलाई आफ्नो जीवन बदलिने र आफूले ब्रेक पाउने आशा लागेको तर शिल्पा शेट्टीका पतिले आफूबाट गलत काम गराउलान् भन्ने नसोचेको उनले बताइन् । शर्लिनका अनुसार आर्म्सप्राइमसँग सम्झौता गरेपछि उनले पहिले ग्ल्यामर त्यसपछि बोल्ड, सेमी न्यूड हुँदै न्युड भिडियोसम्म बनाएको उनले बताइन् ।

    शर्लिनका अनुसार उनलाई सधैं यो सबमा केही गलत छैन भनेर भनिन्थ्यो । सबैले यस्तै गर्छन् र मैले पनि यस्तै गरिरहेकी छु भन्ने विश्वास दिलाइएको उनले बताइन् । शर्लिनका अनुसार उनलाई शिल्पा शेट्टीलाई उनका भिडियो मन परेको र यो कुरा शिल्पाले राजलाई भनेको भनेर बताइन्थ्यो । शिल्पालाई आफ्नो भिडियो मन परेको भनेर पटक पटक भनिएपछि आफू यो काममा झनै प्रोत्साहित भएको उनले बताइन् । शिल्पाले भने राज कुन्द्राका यी प्लेटफर्ममा भएका भिडियोबारे आफूलाई कुनै जानकारी नभएको बताएकी छिन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij