आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

कसिलो कपडा लगाएको आरोपमा २१ वर्षकी युवतीको हत्या

  • प्रकाशित मिति : सोमवार, साउन २५, २०७८



  • काठमाडौं। कसिलो कपडा लगाएको आरोपमा २१ वर्षकी एक युवतीको हत्या गरिएको छ । ती युवतीलाई कसिलो कपडा लगाएको र बाहिर हिँड्दा साथमा कोही पुरुष आफन्तको साथमा नहिँडेको भन्दै मारिएको हो । अमेरिकी र नाटो सैनिक फिर्ता भएसँगै अफगानिस्तानमा कब्जा जमाउन प्रयासरत मुस्लिम अतिवादी समूह तालिबानले यी युवतीको यसरी ‘मृत्युदण्ड’को नाममा हत्या गरेको हो । तालिबानले आफ्नो नियन्त्रणसँगै अफगानिस्तानका ३ प्रान्तमा शरिया कानुन लागू गराइसकेको छ ।

    तालिबानले अफगानिस्तानमा नियन्त्रण बढाउँदै जाँदा आफू नियन्त्रित क्षेत्रमा महिलाहरुलाई एक्लै घरबाहिर निस्किन प्रतिबन्ध लगाएका छन् । यी युवतीलाई ालिबान अतिवादीहरुले समर कान्दियान गाउँमा गोली हानी हत्या गरेको द सनमा प्रकाशित समाचारमा जनाइएको छ । तालिबानले यो गाउँ अगस्ट ३ मा नियन्त्रणमा लिएका थिए । पुलिस प्रवक्ता आदिल शाह आदिलले रेडियो आजादीसँग कुरा गर्दै पीडित युवतीको नाम नजनीन भएको र उनी २१ वर्षकी भएको बताए ।

    यी युवती घरबाट निस्किएर बल्ख प्रान्तको राजधानी मजार ए शरिफ जानको लागि गाडीमा चढ्न लाग्दा आक्रमणमा परेकी थिइन् । तर, तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले भने यो आक्रमण आफ्नो समूहले नगरेको दावी गरे । १९९६ देखि २००१ सम्म अफगानिस्तानमा आफ्नो नियन्त्रण रहेका बेला तालिबानले छोरीहरुलाई स्कुल पढ्न र महिलाहरुलाई घरबाहिर काम गर्न प्रतिबन्ध लगाएका थिए

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij