आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

महाकवि देवकोटाको घर भत्काएर कस्तो बन्ला ‘कविकुञ्ज संग्रहालय’

  • प्रकाशित मिति : सोमवार, साउन २५, २०७८



  • काठमाडौं। महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर कविकुञ्ज भत्काएर संग्रहालय बनाउन थालिएपछि सर्वत्र आलोचना भएको छ । महाकविले आफ्नो जीवनको उर्जाशील समय विताएको घर भत्काएर कस्तो संग्रहालय बनाउन खोजिएको हो भन्ने सवैमा चिन्ता र चासो बढेको छ ।

    महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर नेपाल प्रज्ञा प्रतिष्ठानले देवकोटा परिवारबाट मोहियानी हक हस्तान्तरण भई हकभोगमा आएको घर कविकुञ्जलाई महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय बनाउन धमाधम भत्काउन थालिएको छ ।

    संग्रहालय निर्माणका लागि घर भत्काउँदा चर्को आलोचना भइरहेको छ । विश्व प्रसिद्ध मानिसका नाममा स्थापित संग्रहालय बनाउँदा पुरानो स्वरुप विगार्ने प्रचलन नभएको भन्दै सामाजिक सञ्जाल रंगिएका छन् । तर देवकोटा परिवार भने विगत डेढ दशकदेखि प्रयोगविहिन घर २०७२ को विनाशकारी भूकम्पबाट क्षतविक्षत हुँदा पनि आफूहरुले केही गर्न नसकेकाले सरकारलाई संग्राहालय बनाउन आग्रह गरेको महाकवि देवकोटाकी छोरी अम्बिकादेवी रिमाल बताउनुहुन्छ ।

    काठमाडौं महानगरपालिका वडा नम्बर ३० मैतीदेवीस्थित महाकवि देवकोटाको घरले चर्चेको १२ आना एक दाम जग्गालाई देवकोटा परिवारलाई दुई करोड ५० लाख उपलब्ध गराई संग्रहालय बनाउन लागिएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij