आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

प्रवेश पत्र देखाएर विद्यार्थीले कोरोना खोप लगाउन पाउने, चार ठाउँमा खोप केन्द्र

  • प्रकाशित मिति : बुधबार, साउन २७, २०७८



  • सरकारले विद्यार्थीहरूलाई कोरोनाविरूद्ध खोप दिने निर्णय गरेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षार्थीलाई प्रवेश पत्रका आधारमा खोप लगाउने व्यवस्था मिलाउने निर्णय गरेको हो।

    स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डाक्टर झलक गौतमले अहिले परीक्षा दिइरहेका परीक्षार्थीहरूलाई कोरोनाविरूद्ध खोप दिन लागिएको सेतोपाटीलाई बताए।

    ‘खोप लगाउन काठमाडौंमा चार वटा केन्द्र तोकिएको छ,’ उनले भने, ‘जिल्ला स्वास्थ्य कार्यालयले निर्णय गरेपछि कहिलेदेखि खोप लगाउने भन्ने टुंगो हुन्छ।’

    विद्यार्थीहरूलाई भेरोसेल वा अस्ट्राजेनिकामध्ये खोपको पहिलो मात्रा लगाउन स्वास्थ्य सेवा विभागले आग्रह गरेको छ।

    प्रहरी अस्पताल पानीपोखरी, सैनिक अस्पताल छाउनी, शशस्त्र प्रहरी अस्पताल बलम्बु र राधा स्वामी सत्संग केन्द्र बसुन्धाराबाट खोप लगाउने व्यवस्था मिलाइएको उनले जानकारी दिए।

    जिल्ला स्वास्थ्य कार्यालयमा भेरोसेल वा अस्ट्राजेनिकामध्ये जुन खोप उपलब्ध छ त्यही खोप विद्यार्थीलाई लगाइने उनले बताए।

    यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले पनि विद्यार्थीलाई प्रवेश पत्रका आधारमा खोप दिने व्यवस्था गरिएको सेतोपाटीलाई बताए।

    कोरोना संक्रमण वृद्धि भइरहेका बेला त्रिविलगायत विश्वविद्यालय तथा विद्यालयहरूले विद्यार्थीलाई भौतिक रूपमै परीक्षा केन्द्रमा उपस्थित गराएर परीक्षा लिइरहेका छन्।

    कक्षा १२ को परीक्षा स्थगित गरे पनि कक्षा ११ को परीक्षा पनि भइरहेको छ।

    परीक्षा केन्द्रमा सामाजिक दूरी कायम नभएको, स्वास्थ्य मापदण्डको पूर्ण पालना नभएको भन्दै आलोचना भइरहेको छ।

    परीक्षा केन्द्रहरूमा विद्यार्थीहरूले प्रदर्शन गरेका थिए।

    मंगलबार काठमाडौंको पद्मकन्या क्याम्पसमा स्नातक तहका विद्यार्थीले प्रदर्शन गरेका थिए, तीमध्ये सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

    यो पनि: नो भ्याक्सिन, नो एक्जाम भन्दै पिके क्याम्पसमा विद्यार्थीको प्रदर्शन

    समाजशास्त्र संकाय स्नातकोत्तर तहका विद्यार्थीले पाटन बहुमुखी क्याम्पसमा पनि कोरोनाविरूद्ध खोपपछि मात्रै परीक्षा लिन प्रदर्शन गरेका थिए। विद्यार्थीहरूले ‘नो भ्याक्सिन, नो एक्जाम’ भन्दै प्रदर्शन गरेका छन्।

    यो पनि: पाटन क्याम्पसमा विद्यार्थीको प्रदर्शन- नो भ्याक्सिन, नो एक्जाम

    परीक्षा केन्द्रबाटै कोरोना सर्न सक्ने जोखिम रहेको बताउँदै विद्यार्थीले विरोध गरेपछि सत्तारूढ गठबन्धनका विद्यार्थी संगठनका नेताहरूले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठको ध्यानाकर्षण गराउँदै तत्काल खोप लगाउन माग गरेका थिए।

    साथै नेविसंघ महामन्त्री दीपक भट्टराईले सरकारबाट विद्यार्थीको माग सुनुवाइ गर्नु सकारात्मक भएको बताए।

    ‘त्रिविलगायत सबै शैक्षिक संस्थामा पढ्ने विद्यार्थीलाई कोरोना खोप दिनुपर्छ,’ भट्टराईले सेतोपाटीसँग भने, ‘विद्यार्थी र शिक्षाबारे सरकार संवेदनशील हुनुपर्छ। विद्यार्थीलाई खोप लगाएर परीक्षाको व्यवस्था गर्नु राम्रो हुन्छ, यसले जोखिम पनि घटाउँछ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij