आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

चेक बाउन्स मुद्दामा २० लाख जरिवाना पाएकी महिला सोह्रखुट्टेबाट पक्राउ

  • प्रकाशित मिति : शुक्रबार, साउन २९, २०७८



  • चेक बाउन्स मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।

    केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौं महानगरपालिका वडा नम्बर १६ बस्ने ४८ वर्षीय प्रेमकुमारी खड्गीलाई पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।

    खड्गीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी झुक्याएर एनएमबी बैंकको चेक काटेर पीडितलाई दिएकी थिइन्। त्यसरी चेक बाउन्स भएपछि प्रहरी कार्यालयमा जाहेरी परेको थियो।

    त्यसपछि उच्च अदालत पाटनले २०७६ जेठ २१ गते खड्गीलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम पाँच दिन कैद र २० लाख जरिवाना ठहर गरेको थियो।

    उनलाई प्रहरीले सोह्रखुट्टे काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयन गर्न ललितपुर जिल्ला अदालतमा पेश गरिएको छ। ‍

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij