आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अण्डाको मूल्य झण्डै दोब्बरले वृद्धि, ठगिए उपभोक्ता

  • प्रकाशित मिति : शुक्रबार, साउन २९, २०७८



  • काठमाडौं । उत्पादकहरुले एकलौटी मूल्य निर्धारण गरेपछि उपभोक्ताहरु अण्डाको मूल्यमा ठगिन पुगेका छन् । दुई महिनाको अवधिमा अण्डाको उपभोक्ता मूल्य झण्डै दोब्बरले वृद्धि भएको छ तर मूल्य बढ्नुको कारणबारे सरकार र नियामक निकाय मौन छन् ।

    २० दिनअघि प्रतिगोटा १२ रुपैयाँमा बिक्री भइरहेको अण्डाको मूल्य अहिले खुद्रा बजारमा २० रुपैयाँ पुगेको छ । कुखुराको अण्डाको मूल्य हालसम्मकै उच्च भएको नेपाल अण्डा उत्पादक संघले जनाएको छ । तीन साताअघि प्रतिक्रेट ३६५ रुपैयाँमा कारोबार भएको अण्डाको मूल्य अहिले ४२० रुपैयाँ पुगेको संघका अध्यक्ष शिवराम केसीले बताए ।

    सवारी साधन सहज उपलब्ध भएको ठाउँमा प्रतिगोटा १६ रुपैयाँसम्म अण्डाको खरिद बिक्री हुनपर्ने भए पनि २० रुपैयाँसम्ममा कारोबार भएको पाइएको उनले बताए । कोरोनाका कारण विगतमा भन्दा अण्डाको माग बढेसँगै मूल्य पनि बढेको उनले बताए ।
    निश्चित व्यवसायीहरु मिलेर बजारमा अण्डाको मूल्य तोकिनु अवैध र कार्टेलिङ भए पनि सरकारी निकाय मौन बस्दा उपभोक्ता मर्कामा परेको उपभोक्ता अधिकारकर्मी माधब तिमिल्सिना बताउँछन्

    ‘कोरोनाका कारण पौष्टिक आहार बढाउन उपभोक्ताले अण्डाको खपत बढाएको र यहीबेला लागत पनि बढ्दा मूल्य उच्च भएको छ,’ अध्यक्ष केसीले भने । अण्डा उत्पादनका लागि गरिने लगानीको ७५ प्रतिशत हिस्सा दानामा खर्च हुने र दानाको भाउ बढेर छोइनसक्नु भएको उनको दाबी छ ।

    अण्डाको संघले तोकेको मूल्य भन्दा पाँच रुपैयाँ कम रकम किसानले पाउने भएकाले मूल्य बढेर किसानलाई फाइदा पुगेको संघको दाबी छ । तर दानाको मूल्यकै कारण अण्डाको मूल्य बढेको कुरा झुट भएको नेपाल दाना उद्योग संघले जनाएको छ । पछिल्लो तीन महिना अवधिमा अण्डाको भाउलाई असर गर्नेगरी दानाको मूल्य नबढेको संघका वरिष्ठ उपाध्यक्ष शंकरप्रसाद कँडेलले बताए ।

    बजारमा बढी मात्रामा बिक्री हुने ५० किलो दानाको बिक्री मूल्य तीन हजार सात सय रुपैयाँ रहेको र उक्त मूल्य पछिल्लो तीन महिनादेखि प्राय स्थिर रहेको उनले बताए । ‘दानाको भाउ बढेका कारण अण्डाको मूल्य बढेको भन्नु गलत हो, यो दुई कुरामा कुनै साइनो छैन,’ वरिष्ठ उपाध्यक्ष कंडेलले भने । अघिल्लो वर्षको तुलानामा दानाको कच्चा पदार्थको मूल्य बढेको सत्य भएपनि पछिल्लो समय ह्वात्तै बढेको अण्डाको कारण दाना हुँदै नभएको उनको भनाइ छ ।

    नेपाल खुद्रा व्यापार संघका अनुसार काठमाडौं उपत्यका वितरकले एक महिनामा अण्डाको मूल्य एक बाक्सामा ८ सय रुपैयाँसम्मले बढाएका छन् । एक महिनाअघि ठूलो अण्डा प्रतिबाक्सा दुई हजार पाँच सय रुपैयाँमा बिक्री हुने गरेकोमा अहिले कम्तिमा तीन हजार ५० रुपैयाँदेखि ३३ सय रुपैयाँसम्म पुगेको अण्डा व्यवसायी कबिन्द्र श्रेष्ठले बताए ।

    ‘मैले बेच्ने अण्डा एक बाक्सामा साढे पाँच सय रुपैयाँले बढेको छ, बजारमा ३३ सय रुपैयाँ प्रतिकार्टुनमा पनि अण्डा बिक्री गरिएको पाइएको छ,’ व्यवसायी श्रेष्ठले भने । खुद्रामा प्रतिगोटा कम्तीमा १५ रुपैयाँदेखि बढीमा २० रुपैयाँसम्मा अण्डा बिक्री भएको उनले बताए । असारमा पहिरोले राजमार्ग अबरुद्ध छ भन्दै होलसेलले मूल्य बढाएको र त्यसपछि भने बिना कारण नै अण्डाको मूल्य बढिरहेको श्रेष्ठको भनाइ छ ।

    निश्चित व्यवसायीहरु मिलेर बजारमा अण्डाको मूल्य तोकिनु अवैध र कार्टेलिङ भए पनि सरकारी निकाय मौन बस्दा उपभोक्ता मर्कामा परेको उपभोक्ता अधिकारकर्मी माधब तिमिल्सिना बताउँछन् । साउनको महिनामा बजारमा अण्डाको खपत कम हुने समयमै व्यवसायीहरु मिलेर कार्टेलिङ गरेको उनले दाबी गरे ।

    कुखुरा, दाना, चल्ला र अण्डा उत्पादन गर्ने र बजार मूल्य तोक्ने समूह एउटा भएको र ती सरकारबाट संरक्षित रहेको तिमिल्सिनाको आरोप छ । ‘उत्पादन भएको अण्डा कोल्ड स्टोरमा लुकाउने र बजारमा अभाव सृजना गरेर मूल्य बढाउने धन्दा चलेको छ, यसमा सरकारले अनुगमन गर्नुपर्छ,’ उनले भने । कुखुराजन्य उत्पादनको बजार मूल्य तोक्ने काम निश्चित व्यापारीले गर्नु गलत भएको पनि उनले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij