आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

राष्ट्रपतिद्वारा नारायणहिटी संग्रहालय अवलोकन, हत्याकाण्ड भएको त्रिभुवन सदन पनि खोलियो

  • प्रकाशित मिति : शुक्रबार, साउन २९, २०७८



  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नारायणहिटी दरबार संग्रहालय अवलोकन गर्नुभएको छ । २०६५ फागुन १५ गने सर्वसाधारणका लागि खुला गरिएको यस संग्रहालयको राष्ट्राध्यक्षले अवलोकन भ्रमण गरेको पहिलोपटक हो ।

    कडा सुरक्षा घेराबीच संग्रहालय पुग्नुभएकी राष्ट्रपति भण्डारीले संग्रहालयको मुलद्वारबाट प्रवेश गरी सबै कोठाहरूको अवलोकन गर्नुभयो । त्यसक्रमा उहाँले पूर्व राजाहरूको श्रीपेचदेखि राजदरबार हत्याकाण्ड भएको मुख्य स्थल त्रिभुवन सदनको पनि अवलोकन गर्नुभयो । सर्वसाधारणका लागि अहिलेसम्म त्रिभुवन सदन खाेलिएकाे छैन ।

    त्रिभुवन सदनपछि उहाँ फोहोरा दरबारसँगै राजा वीरेन्द्रको निजी निवास पुग्नुभयो । राष्ट्रपति भण्डारीले संग्रहालयभित्र रहेको सिनेमा हलमा प्रवेश गरी संग्रहालयसम्बन्धी स्लाइड शो पनि अवलोकन गर्नुभयो । उहाँले संग्रहालयको निकै रुचिपूर्वक भ्रमण गरेको नारायणहिटी संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले जानकारी दिनुभयो ।

    राजा ज्ञानेन्द्रको बहिर्गमनसँगै राष्ट्राध्यक्षले नारायणहिटी संग्रहालयको अवलोकन गरेको यो पहिलोपटक हो । यसअघि नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पनि नारायणहिटी दरबार संग्राहालयको भ्रमण गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij