आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

वर्षाले धनगढी जलमग्न

  • प्रकाशित मिति : शुक्रबार, साउन २९, २०७८



  • कैलाली । गए रातिदेखि परेको लगातारको वर्षाका कारण धनगढी उपमहानगरपालिका आसपासका विभिन्न क्षेत्र जलमग्न भएको छ । मुख्यगरी धनगढी –३ को विशालनगर, मिलनचोक, शिवनगर, वडा नं. २ को शिखर टोल, पुरानो भन्सार कटान गाउँको दक्षिण पट्टीको बस्ती, वडा नं। ४ को उत्तरबेहडीलगायत बस्ती जलमग्न भइ स्थानीयको जनजीवन प्रभावित बनेको हो ।

    जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले वर्षाले धनगढी आसपासका विभिन्न क्षेत्र जलमग्न हुनुका साथै वडा नं। १४ र १९ का १० घरपरिवार डुबानमा परी प्रभावित भएपछि सशस्त्र प्रहरी सो क्षेत्रमा गई घर भित्रका सरसामान, खाद्यान्न लगायतका सामाग्रीहरु बाहिर निकालिएको बताए। उनले धनगढीका अन्य बस्तीका घर तथा पसलमा पनि पानी पसेको बताए । हरेक वर्ष डुबानको समस्या दोहोरिँदै गएको वडा नं। २ का वडाध्यक्ष नगरबहादुर बलले बताए । धनगढी– २ शिखर टोलका स्थानीय रामदत्त भट्टले बस्तीका कतिपय घर भित्र पानी पसेको र वर्षाले बाटोघाटो पूरै जलमग्न भएपछि आवतजावतमा समस्या भएको बताए ।

    पानी निकास हुने ढलको व्यवस्थापन नभई सडक कालोपत्रे हुने गरेका कारण पनि बस्ती डुबानमा पर्ने गरेकाले डुबानबाट सुरक्षित रहन नाला, ढलको उचित व्यवस्थापन हुन जरुरी रहेको स्थानीयवासीको भनाइ छ । यहाँ बजार आसपासका बस्ती मात्रै नभई बजारका मूल सडक पनि जलमग्न भएका छन् । धनगढीको छ लेन सडक र अर्कोतिर रिङ रोड निर्माणसँगै पानीको उचित निकासको व्यस्थापन हुन नसकेका कारण पनि थप समस्या निम्तिएको हो । उपमहानगरभित्र भएका प्राकृतिक खोला नाला अतिक्रमण भएपछि डुबानको समस्या वर्षेनी दोहोरिने क्रम बढ्दै गएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij