आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

चन्द्रागिरीको ५८ आना जग्गामा भूमाफियाको रजगज, वडाध्यक्षकै डोजर गरियो प्लटिङ

  • प्रकाशित मिति : बिहिबार, भदौ ३, २०७८



  • काठमाडौं । सरकारले प्लटिङमा प्रतिबन्ध लगाए पनि भूमाफियाहरूले कानुनको छिद्र प्रयोग गरी चन्द्रागिरी नगरपालिकास्थित महादेवस्थानमा रहेको सार्वजनिक जग्गा प्लटिङ गरेको भन्दै स्थानीय विरोधमा उत्रिएका छन् ।

    महादेवस्थानको ६ ख मा रहेको १८६, १८८, १८९, १९०, र १९१ गरि जम्मा ५ वटा कित्ताको जग्गामा नगरपालिकाको स्वीकृति नै नलिई अंशबण्डाको निहुँ बनाउँदै प्लटिङ्ग गरेको भन्दै स्थानीय आक्रोशित भएका हुन् ।भूमाफिया समूहले काठमाडौं उपत्यका विकास प्राधिकरणले जारी गरेको मापदण्ड नै पालना नगरी प्लटिङ्ग गरेर अंशबण्डाको नाममा कित्ताकाट गराएको तथ्य खुलेको छ ।

    नगपालिकाका इन्जिनियर रविन्द्र रिजाल, डोजर सञ्चालनका लागि कुनै पनि आवेदन नपरेको बताउनुहुन्छ । नगरपालिकाभित्र डोजर वा अन्य मेसिन चलाउँदा नगरपालिकासँग अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । अनुमति नलिइ डोजर चलाइएको खण्ड राजश्व शाखाबाट अनुगमन हुने उहाँको भनाइ छ ।

    चन्द्रागिरी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शम्भुकुमार केसी नै सरकारी नियम विरुद्धको काममा दत्तचित्त भएर लाग्नुभएको छ । विना अनुमति डोजर किन चलाइएको भन्दा उहाँले वडाध्यक्षले आफ्नो काम गर्न पाउने कि नपाउने भन्दै प्रतिप्रश्न गर्नुहुन्छ । प्लटिङ गर्नलाई आफ्नो डोजर दिएको उहाँले स्वीकार्नुहुन्छ ।

    वडामा भएको गैरकानुनी कामको विरोधमा जनप्रतिनिधि र स्थानीयबासी उभिएका छन् । उनीहरूले गैरकानुनी काम तुरुन्त रोक्न माग गरेका छन् । आफूहरूले जनप्रतिनिधिबाट जिम्मेवारपूर्ण जवाफ नपाएको उनीहरूको गुनासो छ । करोडौं मूल्य पर्ने ५८ आना जग्गामा खुलमखुला डोजर चल्दा पनि स्थानीय प्रशासन र जनप्रतिनिधि मुकदर्शक बनेको उनीहरू बताउँछन् ।

    बस्ती बसाउने बहानामा अनुमतिविना प्लटिङ गर्ने छुट कसैलाई नभएको काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रवक्ता घनश्याम पौडेल बताउनुहुन्छ । केही निकायसँग साठगाँठ गरेर मापदण्ड विपरीत घडेरी बनाउनेलाई कारबाही गर्ने प्रतिबद्धता जनाउनुभयो ।

    कानुन छलेर गरिने यस्ता अवैध कामलाई तत्काल बन्द गरी सार्वजनिक जग्गा संरक्षणमा सबै पक्षको हातेमालो जरुरी छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij