आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

म्याद नाघेको मक्खन घ्यू बनाएर बजारमा

  • प्रकाशित मिति : शुक्रबार, भदौ ४, २०७८



  • काठमाडौं । काठमाडौं महानगरपालिकाको टोलीले गत असोज २६ गते दुग्ध विकास संसथन (डीडीसी) को भण्डारण गृहमा १६ हजार ३ सय किलो बटर (मख्खन) म्याद नाघेको फेला पार्यो । त्यसकाे भोलिपल्ट खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले पनि अनुगमन गर्दा उक्त बटर म्याद नाघेको ठहर गरी रोक्का गर्यो ।

    त्यसलाई प्रयोग तथचा बिक्रीवितरण नगर्न डीडीसीको काठमाडौं दुग्ध वितरण आयोजनालँई निर्देशन दियो । तर, त्यसको केही समउपछि खोजबिन गर्दा फेला परेन । बरु कारबाही प्रक्रियाको टुंगो नलाग्दै घिउ बनाएर उपभोक्ताको घर घरमा पठाइसकेको पाइयो । उपभोक्ताको ५० रुपैयाँ छुट दिई ८ सय ५० रुपैयाँमा बिक्री गरेको खुलेको छ । बिक्रेताले प्रतिकिलो ५ प्रतिशत कमिसन पाए ।

    डीडीसीले यो घटनामा नियमनकारी निकायको निर्देशनको धज्जी त उडायो नै, जनस्वास्थ्यसँग पनि खेलवाड गरेको पाइएको छ । यसमा नियमनकारी निकाय काठमाडौं महानगरपालिका र विभाग पनि उत्रिकै जिम्मेवार देखिन्छन् । अखाद्य अवस्थामा भेटिएको वस्तु बरामद गर्नुपथ्र्यो ।

    तर, ‘विश्वास’ मा त्यक्तिकै छाडिदिए । यी दुवै निकायले नष्ट गरेको भए उक्त बटर घिउ बनेर तपाईं हाम्रो भान्छासम्म आइपुग्ने थिए । उक्त बटरको बजार मूल्य ८ करोड १८ लाख रुपैयाँ पर्छ । डीडीसीले पोखरास्थित सुजल डेरीबाट १ लाख १५ हजार किलो खरिद गरेकोमा १६ हजार ३ सय किलो म्याद नाघेको भेटिएको हो । खाद्य ऐन २०२३ अनुसार ‘कैफियत’ भेटिएको अवस्थामा तत्काल ‘शिलबन्दी वा जफत गरी’ कारबाही थाल्नुपथ्र्यो । तर, त्यसो नगर्दा उपभोक्ताको ज्यानलाई जोखिममा पार्ने ‘मौका’ डीडीसीले पायो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij