आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

  • प्रकाशित मिति : शुक्रबार, भदौ ४, २०७८



  • बैतडी । लगातारको वर्षाका कारण पहिरो खस्दा शुक्रबार बिहानैदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । राजमार्ग अन्र्तगत बैतडीको पाटन नगरपालिका ८ झौलेक र ढोल्यामोडमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।

    पहिरोले बिहान ६ बजेदेखि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको भएपनि वर्षाका कारण प्रभावित भएको प्रहरीले जनाएको छ ।

    राजमार्ग अवरुद्ध हुँदा बझाङ भित्रिने र बझाङबाट काठमाडौं, धनगढी, महेन्द्रनगर,डडेल्धुरा,बैतडीलगायतका स्थानका लागि छुटेकासवारी साधन ठप्प रहेका छन् । सवारी साधन रोकिदा यात्रुहरु पनि अलपत्र परेका छन् । यसका साथै सोही पहिराका कारण बैतडीको पुर्चौडी क्षेत्रको यातायात सेवा पनि अवरुद्ध भएको छ ।

    वर्षातको समयमा पहिरोका कारणले जयपृथ्वी राजमार्ग बेलाबेला अवरुद्ध हुने गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij